stcnepal long ad
ime life insurance
national life
global ime bank long

औद्योगिक क्षेत्रमा चौबिसै घण्टा विद्युत सप्लाइ हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत माग र खपत बढी हुने समय साँझ र बिहान (पिक आवर)मा उद्योग नचलाउने सर्त राखी औद्योगिक ग्राहकलाई चौबिसै घण्टा विद्युत उपलब्ध गराउने भएको छ ।

मुलुकभित्र उत्पादित विद्युत वर्षाको समयमा २०० मेगावाट उपयोग नभइ त्यसै खेर जाने अवस्था आएपछि प्राधिकरणले विद्युत् खपत बढाउने अल्पकालीन योजना अन्तर्गत पिक समयमा प्रसारण तथा वितरण लाइन ओभर लोड भएमा नचलाउने सर्त राखी उद्योगहरुलाई चौबिसै घण्टा विद्युत उपलब्ध गराउन लागेको हो ।

प्राधिकरणले थप विद्युत आवश्यक पर्ने उद्योगहरुलाई परिमाण खुलाएर तत्काल आवेदन दिन समेत आग्रह गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरुसँग बिहीबार छलफल गरी थप लोड आवश्यक परेमा तत्काल आवेदन दिन र १३२ केभी प्रसारण लाइनबाट पनि विद्युत आपूर्ति लिन आग्रह गरेका छन।

भदौ २५ गतेबाट माथिल्लो तामाकोशी आयोजनाबाट ४५६ मेगावाट विधुत उत्पादन भैरहेको छ । तर उत्पादित विधुत पिक आवर वाहेक अरू समय यसै खेर गइरहेको अवस्था छ।

विधुत विक्रिको राम्रो योजना बन्न सकेको छैन। उद्योगहरुले अहिले ११ र ३३ केभीबाट विद्युत आपूर्ति लिइरहेका छन् । ११ र ३३ केभीको तुलनामा १३२ केभीबाट आपूर्ति गरिने विद्युतको महसुल सस्तो हुनेछ ।

एकातर्फ प्रसारण तथा वितरण प्रणाली संरचनाले नधान्दा मागेजति विद्युत दिन प्राधिकरणले सकिरहेका छैनौं भने अर्कोतर्फ मुलुकभित्र उत्पादित विद्युत खेर फाल्नु पर्ने अवस्था छ, लाइन ट्रिपिङ हुने, कम भोल्टेज लगायतको समस्या देखिने गरेको छ।

यस्तो अवस्था अन्त्यका लागि एउटा(दुईवटा टान्सफर्मर, पोल,कन्डक्टरजस्ता उपकरण थपेर मात्रै नहुने र यसका लागि मुख्य रुपमा औद्योगिक करिडोर क्षेत्रको विद्युत प्रसारण तथा वितरण प्रणालीको सञ्जाल सुधारका लागि बृहत् सुदृढीकरणको काम अगाडि बढाउँनु पर्ने आवश्यकता रहेको छ।

कार्यकारी निर्देशक घिसिङले उत्पादनतर्फ भन्दा पनि प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण गरी विद्युत खपत बढाउन पूर्वाधारमा लगानी बढाइने बताएका छन ।

उनले भने(हाम्रो दैनिक माग २ हजार मेगावाटको हाराहारीमा पुगेको छ तर पूर्व–पश्चिम विद्युत आपूर्तिका लागि १३२ केभीको मात्रै प्रसारण संरचना छ।

प्रसारण सञ्जाल विस्तारका लागि ४ सय र २ सय केभीका लाइन निर्माणाधीन छन् तर स्थानीयको अवरोध, अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रक्रिया र रुख कटानीको स्वीकृतिमा भएको ढिलाइ, ठेकेदारको कमजोर कार्यसम्पादन कारण आयोजनाको निर्माण सम्पन्न हुन सकिरहेको छैन, छिट्टो सम्पन्न गर्न सबै निकायसँग समन्वय र सहकार्य गरिरहेका छौं ।’

औद्योगिक करिडोरले बेहोरिएको ट्रिपिङ, लो भोल्टेजलगायतका समस्या समाधानका गर्न स्रोत र साधन अभाव नहुने गरी काम अगाडि बढाइएको उल्लेख गर्दै घिसिङले यस्ता समस्या न्यूनिकरण गर्दै भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिको प्रतिबद्धता जनाएका छन ।

प्राधिकरणको अल्पकालीन योजना अन्तर्गत विद्युत माग गरेका उद्योगहरुलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत दिने र निर्माणाधीन आयोजनाहरुको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने बताएको छ ।

दीर्घकालीन योजना अन्तर्गत विद्युत खपत बढ्न सक्ने सम्भावित ठाउँहरुको पहिचाहन गरी प्रसारण तथा वितरण तर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गर्ने भएको छ ।

कार्यक्रममा उद्योग संगठन मोरङ,मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ प्रदेश नं १ प्रादेशिक तदर्थ समितिका प्रतिनिधिहरुले मोरङ– सुनसरी औद्योगिक करिडोमा सञ्चालित उद्योगहरुले बेहोरिरहेको विद्युत आपूर्तिका विषयमा जानकारी गराएका थिए ।

संगठनहरुले दैनिक रुपमा भइरहेको ट्रिपिङ, न्यून गुणस्तरलगायतको समस्या समाधान गरी विद्युत आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र नियमित गर्न माग गरेका छन् ।

मोरङ–सुनसरी औद्योगिक करिडोर अन्तर्गत मोरङको कटहरी गाउँपालिका क्षेत्रमा रहेको विद्युत् आपूर्तिको समस्या समाधान गर्न अध्ययन समिति गठन गरिएको छ ।

विराटनगर वितरण केन्द्र प्रमुख रोशन खड्काको संयोजकत्वमा गठित समितिमा उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, मोरङ व्यापार संघ, उद्योग संघठनका प्रतिनिधि सदस्य रहने छन् ।

समितिले विद्युत् आपूर्तिमा भइरहेको समस्या र समाधानका उपायहरुसहित सुझाव दिने प्राधिकरण प्रदेश नं १ प्रादेशिक कार्यालय विराटनरका निर्देशक राजन ढकालले जानकारी दिएका छन ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari