stcnepal long ad
ime life insurance
national life
global ime bank long

गायक राजेश कुँवरको नयाँ एवं दोस्रो गीत सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गायक राजेश कुँवरको नयाँ एवं दोस्रो गीत सार्वजनिक भएको छ । पहिलो गीत सार्वजनिक गरेको एक वर्षपछि कुँवरले ‘बरि लै’बोलको गीत सार्वजनिक गरेका हुन् । चन्द्र चौधरीको शब्द, संगीत र संयोजन रहेको गीत अकोस्टिक नेपाल स्टुडियोमा रेकर्ड भएको हो ।

मायाप्रेमका भाव समेटिएको गीतको भिडियो पनि राम्रो बनेको छ । ललितपुरको गोदावरीमा छायांकन भएको भिडियोमा मानसी तामाङ, निकेश ढकाल, सागर लामा लगायतका नवकलाकारहरूको अभिनय छ ।

अनिल गुरुङको सिनेम्याटोग्राफी रहेको भिडियोलाई विराज तामाङले सम्पादन गरेका हुन् । म्युजिक भिडियोलाई अञ्जिल गुरुङले निर्देशन गरेका हुन् ।

गतवर्ष गायक कुँवरले चर्चित गायिका मेलिना गुरुङसँग ‘सिङ्गापुरे सारी’ बोलको गीतमा आवाज दिएका थिए । गीतमा सुनिल क्षेत्री गायतका कलाकारहरूको अभिनय रहेको थियो ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari