stcnepal long ad
ime life insurance
national life
global ime bank long

शुभकामना आदान प्रदान कार्यक्रम 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आसरा सुधार केन्द्र रानीबारीकी अध्यक्ष श्रीमती सिर्जना थापाको प्रमुख आतिथ्यमा २०७८ सालको बडा दशैं, दीपावली, छठ पर्व र नेपाल सम्वत ११४२ को शुभकामना आदान प्रदान कार्यक्रम सोही केन्द्रमा शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रममा केन्द्रकी अध्यक्ष श्रीमती थापाले केन्द्रकी पूर्व वरिष्ठ सदस्य श्रीमती रञ्जना वाग्लेलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गर्नुभयो ।

सो अवसरमा केन्द्रकी अध्यक्ष थापाले सम्पूर्णमा शुभकामना व्यक्त गर्दै भन्नुभयो, “उज्यालो र सुनौलो दिनको सुरुवात आजैबाट होस् ।” धार्मिक चाडपर्वहरुको सामाजिक, साँस्कृतिक र मनोबैज्ञानिक रुपमा महत्व हुनुको साथै शुद्ध आचरण प्राप्तिको लागि मौलिक महत्व पनि उत्तिकै हुने उहाँले उल्लेख गर्नुभयो ।

प्रायजसो समाजमा घट्ने विभिन्न प्रकृतिका अपराधहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले लागूऔषध दुर्व्यसनीको संलग्नता रहने उल्लेख गर्दै अपराध रहित समाज निर्माणको लागि केन्द्रले लागूऔषध बिरुद्धको जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्दै जाने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

केन्द्रकी पूर्व वरिष्ठ सदस्य श्रीमती रञ्जना वाग्लेले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा केन्द्रका क्याम्प कमाण्डेन्ट प्रहरी निरीक्षक रविन्द्र थापाले कविता वाचन गर्नुका साथै केन्द्रमा उपचाररत सदस्यहरुद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, केन्द्रका कार्यकारिणी समितिका पदाधिकारीहरु, प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari