citizens life insurance long ad
stcnepal long ad

दोस्रो राष्ट्रिय नवदुर्गा सम्मानबाट चलचित्र क्षेत्रमा योगदान पुर्‍याउने नौ कलाकार सम्मानित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । दोस्रो राष्ट्रिय नवदुर्गा सम्मानबाट कलाकारिताका क्षेत्रबाट नेपाली चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नौ जना कलाकारलाई  सम्मान गरिएको छ ।

रेजिना इन्टरटेनमेन्ट प्रा.लि र शहीद फिल्मस प्रा.लि ले यहाँ आज आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, लक्ष्मी गिरी, मौसमी मल्ल र शर्मिला मल्ललाई सम्मान गरिन् ।

त्यसैगरी मन्त्री भुसालले अभिनेत्री केकी अधिकारी, सुरक्षा पन्त, निता ढुङ्गाना, रामराज्यलक्ष्मी शाह र उपासनासिंह ठकुरीलाई पनि सम्मान गरिन्। सोही अवसरमा मन्त्री भुसालले समावेशिताका कारण राज्यका सबै क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको बताइन्।

उनले राज्यका हरेक संरचनासहित अन्य क्षेत्रको नेतृत्व तहमा महिलालाई पुर्‍याउनका निम्ति भएका ऐनरकानुनको कार्यान्वयन गर्न सकारात्मक दबाब दिनुपर्नेमा जोड दिइन् ।

मन्त्री भुसालले नेपाली चलचित्र क्षेत्रमा देखिएका समस्या समाधान गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कोरोनाका कारण बन्दाबन्दी भएर चलचित्र हल बन्द हुँदा पनि राज्यले त्यतिबेलाको बिजुलीको बिल तिर्नुपरेको गुनासो गर्दै त्यसलाई छुट गर्नुपर्ने माग गरे ।

IME Life
kumari