stcnepal long ad
global ime bank long

‘ आइएमई पे ’ र नियोटेरिक नेपालवीच सम्झौता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र नियोटेरिक नेपालवीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता गरिएसँगै नेपालीहरुको महान चाड दसैं र तिहारलाई लक्षित गरि दसैं क्याम्पियन पनि सुरु भएको छ । दसैं क्याम्पियन ११ असोज देखि २० कार्तिक सम्म लागु हुनेछ ।

क्याम्पियन अन्तर्गत नियोटेरिक नेपाल, नेपालको नम्बर १ ग्याजेट डिस्ट्रिव्युटरको कुनै पनि ग्याजेट आइएमई पे मार्फत भुक्तानी गर्दा आकर्षक छुट साथै फ्री डेलिभरीको पनि व्यवस्था मिलाइएको छ ।

उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यापार तथा सहकार्य व्यवस्थापक प्रमुख गुण श्रेष्ठले नियोटेरिक नेपाल, नेपालको नम्बर १ ग्याजेट डिस्ट्रिव्युटरको कुनै पनि ग्याजेट आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताउनु भयो ।

नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले दसैँ लक्षित यो स्कीमले आम सेवाग्राहीहरूलाई लाभ प्राप्त हुने विश्वास व्यक्त गर्दै स्कीम सफल बनाउन सवैलाई सफलता मिलोस् भनि शुभकामना व्यक्त गर्नुभयो ।

एक महिनाको स्किममा नियोटेरिक नेपालबाट कुनै पनि ग्याजेट आइएमई पे मार्फत खरिद गर्दा भाग्यशाली एक विजेताले IIFE Zed Air hs14 Laptop जित्न सक्नुहुनेछ भने कुनैपनि Logitech, rapoo, rico, ideakard, senheiser खरिदमा आइएमई पे मार्फत भुक्तानी गर्दा १०% छुटको अफर रहेको छ । साथै One Plus Phone खरिद गर्दा Hifuture Earbuds Tidybus सित्तैमा पाउन सक्नुहुनेछ ।

IME Lifesidebar
kumari