stcnepal long ad
global ime bank long

भावी प्रधानसेनापतिका दावेदारलाई दोहोरो जिम्मेवारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली सेनाका नयाँ प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नीति तथा योजनाका प्रमुख उपरथी अनन्त कार्कीलाई सैनिक मुख्यालयभन्दा बाहिर नेशनल डिफेन्स युनिभर्सिटीमा सरुवा गरेका छन् र नीति तथा योजनाको प्रमुखको जिम्मेवारी उपत्यका कमाण्डका कमाण्डर उपरथी अशोक सिग्देललाई दिएका छन्। जर्नेल सिग्देलले उपत्यका कमाण्ड र नीति तथा योजना निर्देशनालय दुबैको जिम्मेवारी सम्हाल्ने छन्।

अघिल्ला प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालमा निकै शक्तिशाली मानिएका जर्नेल कार्कीलाई नेतृत्व परिवर्तन हुने वित्तिकै सरुवा गरिएको छ ।

सेनामा विभागिय सरुवा सामान्य प्रक्रियामा पर्ने भएपनि कार्कीलाई मुख्यालयभन्दा बाहिर सरुवा गरी सो ठाउँमा शर्मापछिका प्रधानसेनापतिको दावेदार मानिएका सिग्देललाई जिम्मेवारी दिनुलाई सेनाभित्र नयाँ नेतृत्वको पहिलो सन्देशका रुपमा बुझिएको छ।

उपरथी कार्कीलाई असोज १ गतेदेखि लागू हुने गरी काज सरुवा गरिएको छ। उनलाई राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, पूर्वाधार विकास समितिको कार्यालयमा सरुवा गरिएको छ।

व्यबस्था, नीति तथा योजना महानिर्देशनलालयमा भने उपत्यका कमाण्ड हेड क्वार्टरका कमाण्डर उपरथी अशोकराज सिग्देललाई “आफ्नो कार्यको अतिरिक्त व्यबस्था,नीति तथा योजना महानिर्देशनालयको समेत कार्यभार सम्हाल्ने गरी तोकिएको” सैनिक सूचनामा उल्लेख गरिएको छ।

त्यसैगरी सैनिक सचिव विभागमा रही राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, पूर्वाधार विकास समितिमा रहेका उपरथी विज्ञानदेव पाण्डेलाई शोध तथा विकास महानिर्देशनालयमा काज सरुवा गरिएको छ।

प्राविधिक सहायक रथी मिलन घलेलाई बहुउदेश्यिय प्लाष्टिक उद्योग कार्यालयबाट सैनिक सामग्री उत्पादन निर्देशनालय र सो निर्देशनालका प्राविधिक सहायक रथी हेगेन्द्रलाल महर्जनलाई बहुउद्देश्य प्लाष्टिक उद्योग कार्यालयमा सरुवा गरिएको उल्लेख छ।

 

IME Lifesidebar
kumari