citizens life insurance long ad

मैलुङ खोला जलविद्युतको शेयर कारोबार आजबाट खुल्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आजदेखि नेपाल स्टक एक्सचेन्जमा मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर कारोबार हुने भएको छ ।

हिजो कम्पनीको आइपीओ नेप्सेमा सुचिकृत भएसँगै आजबाट शेयर कारोबार हुने भएको हो । कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता शेयर सूचिकृत भएको हो । नेप्सेले कम्पनीलाई कारोबारको लागि एमकेजेसी (MKJC) सिम्बोल प्रदान गरेको छ ।

नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि न्यूनतम ९५ रुपैयाँ ७५ पैसादेखि अधिकतम २८७ रुपैयाँ २५ पैसा ओपनिङ रेञ्ज प्रदान गरेको छ । कम्पनीको आईपीओ भोलिबाट धितोपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।

कम्पनीले साउन १४ गतेबाट साउन १९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

IME Life
kumari