stcnepal long ad
ime life insurance
national life
global ime bank long

काठमाडौं उपत्यकामा प्रहरीको चाडबाड सुरक्षा योजना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । महानगरीय प्रहरी कार्यालयको संयोजनमा काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरका महानगरीय प्रहरी परिसरले दशैं, तिहार, छठपर्व लक्ष्यित चाडबाड सुरक्षा विशेष योजना तयार गरि कार्यान्वयनमा ल्याएका छन् ।

तीनवटै परिसरले आफु मातहत रहेका सबै युनिट र उनीहरुसँग रहेको प्रविधिको उच्चतम प्रयोग गर्दै चाडबाड सुरक्षा योजना तयार गरेका छन । परिसरले प्रहरी परिचालनको वैज्ञानिक प्रयोगको सिद्धान्त अंगिकार गर्दै जिल्लाका शहरी तथा ग्रामिण क्षेत्रमा चाडपर्वमा हुने अपराध नियन्त्रणको योजना बनाएका छन ।

यस अवधिमा करिब ३ हजार प्रहरी परिचालन हुनेछन । परिसर भित्रका विगतको अपराध ‘ट्रेन्ड’ बिश्लेषणपछि सोही अनुसार विभाजन गरेर सुरक्षा फौज परिचालन गर्न थालिएको छ ।

प्रहरीले मोटरसाइकल गस्ती, ठाँउ ठाँउमा पिकेट, क्युआरटि गस्ती, विट,सादा पोशाका प्रहरी परिचालन,रिजर्भ टिम र साना–ठुला अपराध हुने स्थानमा चौबिसैं घण्टा प्रहरीको उपस्थिति रहने गरि प्रहरी परिचालन गर्ने र जिल्ला प्रहरी प्रमुखले मोनिटरिङ गर्ने भएका छन्।

नेपालीहरुको महान पर्व वडा दशैं, शुभ दिपावली र छठपर्वको समयमा उपत्यकाको सुरक्षा व्यवस्थालाई त्रुटी रहित, भरपर्दो, विश्वसनिय र मजबुत बनाई जनजिवन सामान्य तुल्याउन र देश विदेशबाट घर फर्कने र उपत्यकाबाट आफ्नो गन्तव्यमा जाने यात्रुहरु समेतलाई पुर्ण सुरक्षाको प्रत्याभुति दिलाउन र कुनै पनि किसिमको असामाजिक, अप्रिय र अपराधिक घटना घट्न नदिन ४ प्रकारको सुरक्षा रणनीति तय गरि प्रहरीको दुरुस्त र योजनाबद्ध परिचालन गरिएको छ।

परिसरले चाडबाडमा बढी हुने चोरी नियन्त्रण, जुवातास नियन्त्रण, गुण्डागर्दी, स्नाचिङ्ग, पाकेटमारी, आर्थिक कारोबार हुने कालोबजारी, मुनाफाखोरी, सपिङ्ग महलहरु, गहना पसलहरु, दशैं बजार लगायतका अन्य अपराध समेत नियन्त्रण गर्न यो रणनीति प्रभावकारी हुने जनाएको छ । यस्तै प्रहरी र ट्राफिकका हटलाईन र प्रहरीसँग सम्वद्ध रहने सामाजिक सञ्जाल तथा एपलाई समेत मोनिटरिङ गर्दै त्यहाँ आउने सूचना रणनीति समेत बिश्लेषण गर्ने परिसरको योजना छ ।

उसले जिल्लामा रहेका सबै क्लोज सर्किट क्यामेराको समेत नियमित मोनिटङि गर्ने भएको छ । एम्बुसिङ, डग स्नीफिङका साथै समुदायसँग सहकार्य विशेष चाडवार्ड सुरक्षा योजनामा जोडिएका छन्।

अपराध नियन्त्रणका साथै नागरिकले सुरक्षित वातावरणमा चाडपर्व मनाउन सकुन्, यसका लागि प्रहरी पुरै सक्रिय हुने भएको छ । परिसरले यात्रुहरुलाई सहज यात्रा गर्न वसपार्क इलाकाहरु र सेवाग्राहीहरुलाई विशेष सुविधा दिन बसपार्क क्षेत्रमा यात्रु सहायता कक्ष निर्माण गरेको छ ।

नयाँ बसपार्क,कलंकी,गौशाला, कोटेश्वर, सातदोबाटो, लगनखेल, एकान्तकुनामा यात्रु सहायता कक्ष मार्फत नागरिकलाई आवश्यक सूचना र सहयोग उपलब्ध हुने भएको छ ।

यस्तै रत्नपार्क,एनएसी,जमल,किर्तिपुर,थानकोट, बुढानिलकण्ठ,गौशाला,कोटेश्वर,सातदोबाटो, ग्वार्को, बालकुमारी, चापागाँउ, लगनखेल, भक्तपुर,सुर्यविनायक,कमलविनायक जस्ता बसपार्कमा समेत प्रहरी परिचालन गरिने भएको छ ।

IME Lifesidebar
kumari