stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कुमारी बैंकले संस्थापक शेयर बिक्री गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापकहरुको नाममा रहेको केहि संस्थापक शेयर बिक्री गर्न लागेको एक सुचना जारी गर्दै जनाएको छ ।

बैंकका संस्थापक शेयरधनीहरूको नाममा रहेको १३ हजार ८७४ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर म्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।

तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम शेर बिक्री गर्ने बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari