stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अक्टोबर देखि भारतले कोरोना खोप निर्यात गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । छिमेकी मित्र राष्ट्र भारतले अर्को महिना अक्टोबर देखि अन्य देशलाई पनि कोरोना भाइरस विरूद्धको खोप बिक्री गर्ने भएको छ । प्रेस ट्रस्ट अफ इन्डियाले जनाए अनुसार भारतका केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मान्दभियाले हिजो सोमबार अक्टोबर महिनादेखि विदेशमा खरिद अडर अनुसार कोरोना खोप पठाउन सुरू गरिने बताएका छन् ।

सेरम इन्स्टिच्युट अफ इन्डियाले अष्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोनाविरूद्धको खोप भारतमै उत्पादन गरिरहेको छ ।

कोभिसिल्ड नाम दिएको उक्त खोप सुरूमा भारतले अन्य देशलाई पनि दिएको थियो । नेपाललाई भारतले सुरूमा १० लाख डोज खोप अनुदानमा दिएको थियो ।

पछि नेपालले सेरमसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको थियो । उक्त २० लाख डोजमध्ये नेपालले १० लाख डोज खोप मात्र पाएको छ । भारतमा कोरोनाको दोस्रो लहर फैलिन थालेपछि खोप निर्यातमा प्रतिबन्ध लगाइएको थियो ।

भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएपछि कोभिसिल्डको पहिलो डोज लगाएका नेपालीले लामो समयसम्म दोस्रो डोज लगाउन पाएनन्। केही समयअघि जापान सरकारले अष्ट्राजेनेका खोप अनुदान दिएपछि उनीहरूले दोस्रो डोज लगाएका थिए।

अक्टोबरमा मात्रै भारतमा ३० करोड डोज खोप उत्पादन र आगामी तीन महिनामा १०० करोड डोजभन्दा बढी खोप बन्ने मन्त्रीले जानकारी दिएका छन्।

भारतमा अहिलेसम्म झन्डै ९० करोड डोज खोप लगाइसकेको र खोप लगाउने क्रम तीव्र रूपले अघि बढिरहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

prabhu mahalaxmi
kumari