stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल राष्ट्र बैंकले आज ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियाबाट ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । केन्द्रीय बैंकले बिक्री गर्न लागेको ट्रेजरी बिल नवीकरण प्रयोजनका लागि हो ।

बैंकले पाँच अर्ब ५३ करोड बराबरको ट्रेजरी बिल ९१ दिनका लागि रहेको छ ।

बिल आउँदो पुस ६ गते परिपक्व हुनेछ । यस्तै चार अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल १८२ दिनका लागि बिक्री गर्न लागिएको हो ।

यो बिल आउँदो चैत ८ गते परिपक्व हुनेछ । यस्तै दुई अर्ब बराबरको ट्रेजरी बिल ३६४ दिनका लागि बिक्री गर्न लागिएको छ ।

यो बिल अर्को वर्षको असोज ४ गते परिपक्व हुनेछ । केन्द्रीय बैंकले यसअघि भदौ २८ गते ट्रेजरी बिल बिक्री गरेको थियो ।

IME Lifesidebar
kumari