stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल ल्यूव आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल ल्यूव आयलको ३५ प्रतिशत लाभांश सुरक्षित गर्ने सोमबार असोज ४ गते अन्तिम दिन हो ।

कम्पनीले असोज १८ गते बस्ने वार्षिक साधारण सभामा गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशतनगद गरी कुल ३५ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्दैछ । सभा प्रयोजनका लागि मंगलबार असोज ५ गतेदेखि बुक क्लोज गर्ने भएकाले सोमबारसम्म कायम सेयरधनी मात्र लाभांशको हकदार हुनेछन् ।

सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक नियुक्ती गर्ने एजेन्डा पनि रहेको छ । आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पनि पेश हुनेछ ।

सभा नेपाल ल्यूवको कार्यालय झम्सिखेल ललितपुरबाट जुम एपमार्फत भर्चुअल माध्यमबाट हुने भएको छ ।

IME Lifesidebar
kumari