stcnepal long ad
ime life insurance
national life
global ime bank long

आजबाट नयाँ नोट सटही शुरू

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। नेपालीको महत्वपूर्ण चाड वडदशैंलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आज सोमबारदेखि नयाँ नोट उपलब्ध गराएका छन् ।

दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकाभित्र आज असोज ४ गते सोमबारदेखि इजाजत प्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालय मार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ ।

वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गइ नोट नयाँ नोट सटही गर्न सकिने केन्द्रीय बैंकले सूचनामा जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई मध्यनजर राखेर स्वास्थ्य सतरकर्ता अपनाइ नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

काठमाडौं उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने राष्ट्र बैंकले जनाएको छ । नोट सटही गर्न जाँदा सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन र सामाजिक दूरीको पूर्ण पलना गर्न अनुरोध गरिएको छ ।

केन्द्रीय बैंकले रु। १५ अर्बसम्म ५, १०, २०, ५० र १०० बराबरको नोट वितरण गर्ने तयारी गरेको छ । कूल रुपमा केन्द्रीय बैंकले रु। ३५ अर्ब बराबरको नयाँ नोट वितरण गर्ने तयारी भएको जानकारी दिएको छ ।

नयाँ नोट लिनका लागि सर्वसाधारणले केन्द्रीय बैंकको कार्यालयमा लामो लाइन लाग्ने गरेको यर्थाथलाई आत्मसात् गर्दै २७ वटै वाणिज्य बैंक र तिनका शाखा कार्यालयमार्फत नयाँ नोटको सटही सुविधा व्यवस्था मिलाएको उल्लेख गरिएको छ ।

IME Lifesidebar
kumari