stcnepal long ad
ime life insurance
national life
global ime bank long

दसैँका लागि ३९ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले आजदेखि सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । दसैँ–तिहार–छठ जस्ता पर्वलक्षित सुपथ मूल्यका पसलमा खाद्यान्नलगायत खसी, बोका र च्याङ्ग्रा पनि किन्न पाइनेछ।

सुपथ मूल्यका पसलमा अन्यत्रका पसलमा भन्दा कम मूल्यमा सामान किन्न पाइनेछ। सुपथ मूल्यका पसलमा सामान खरिद गरेमा उपभोक्तालाई प्रतिकेजी दुई रूपैयाँदेखि १० रूपैयाँसम्म छुट दिने तयारी रहेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, दुग्ध विकास संस्थानलगायतले सुपथ मूल्यका पसलमा सामान राख्नेछन्।

पसलबाट चिनी, नुन, चामल, खसी–बोका, घ्यू, पनिरजस्ता सामान सुपथ मूल्यमा किन्न सकिनेछ। सुपथ मूल्यका पसल कात्तिक २४ गतेसम्म सञ्चालन गरिने छ । देशभर ३९ स्थानमा यस्ता पसल रहनेछन्।

उक्त पसलमा चामल किनेमा प्रतिकेजी ५, सिमी तथा फापर खरिदमा प्रतिकेजी १०, नुन प्रतिकेजी २, चिनी प्रतिकेजी ५, खसी–बोका प्रतिकेजी १० रूपैयाँ छुट पाइने छ।

IME Lifesidebar
kumari