stcnepal long ad
global ime bank long

विद्युतीय भुक्तानीको सीमा बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विद्युतीय माध्यमबाट गरिने भुक्तानीको सीमा बढाएको छ । राष्ट्र बैङ्कले पछिल्लो पटक भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका २०७८ जारी गर्दै विद्युतीय भुक्तानीका सीमा केही बढाउनुका साथै शुल्कमा समेत संशोधन गरेको छ ।

एकीकृत निर्देशिकाअनुसार पिप्रेड कार्डबाट प्रतिकारोबार १० हजार, प्रतिदिन २० हजार र प्रति महिना दुई लाख रुपियाँसम्मको कारोबार गर्न सकिनेछ ।

त्यस्तै डेबिट कार्ड मार्फत प्रति कारोबार २५ हजार प्रतिदिन एक लाख र प्रति महिना चार लाख रुपियाँसम्मको कारोबार गर्न सकिनेछ ।

त्यस्तै बैङ्क तथा वित्तीय संस्थाले प्रिपेड कार्ड जारी गर्दा प्रतिग्राहक अधिकतम एक लाख मात्र र कार्ड जारी गर्न अनुमतिपत्र प्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरूले अधिकतम २५ हजारसम्मको प्रिपेड कार्ड जारी गर्नसक्ने राष्ट्र बैङ्कले जनाएको छ ।

सेवा प्रदायकले नियर फिल्ड कम्युनिकेसन टेक्नोलोजी ९एनएफसी० कन्ट्याक्टलेस कार्डमार्फ प्रतिकारोबार अधिकतम पाँच हजार रुपियाँसम्मको कारोबार गर्नसक्ने पनि निर्देशिकामा उल्लेख छ ।

क्रेडिट कार्डबाट नगद कारोबार गर्न नपाइने भएपछि ग्राहकलाई अत्यावश्यक पर्दा स्वीकृत सीमा रकमको १० प्रतिशतसम्मको नगद झिक्ने भने सक्ने राष्ट्र बैङ्कले स्पष्ट पारेको छ ।

निर्देशिकामा मोबाइल बैङ्किङबाट पनि प्रतिदिन दुई लाख रुपियाँसम्म र इन्टरनेट बैङ्किङबाट २० लाख रुपियाँसम्म भुक्तानी गर्नसक्ने उल्लेख छ तर कुनै व्यक्तिको एउटै संस्थामा रहेको एउटा खाताबाट अर्को खातामा रकम रकमान्तर गर्न, भुक्तान गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिस्ट्रेसन तथा सेवा शुल्क, विद्युुत्, दूरसञ्चार, खानेपानी, बीमा, सामाजिक सुरक्षा भत्ता भुक्तान, विभिन्न किसिमका व्यावसायिक कारोबारको भुक्तानमा भने यस्तो सीमा नलाग्ने निर्देशिकाले स्पष्ट पारेको छ ।

 वालेटमा ५० हजारभन्दा बढी राख्न पाइँदैन
विद्युतीय वालेट माध्यमबाट गरिने रकमान्तरमा पनि सीमा तोकिएको छ । निर्देशिका अनुसार बैङ्क खाताबाट वालेटमा र वालेटबाट बैङ्क खातामा रकमान्तर गर्दा प्रतिकारोबार ५० हजार, प्रतिदिन एक लाख र प्रतिमहिना १० लाख रुपियाँसम्मको सीमा तोकिएको छ ।

एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा भने प्रतिकारोबार २५ हजार, प्रतिदिन एक लाख र प्रतिमहिना पाँच लाख रुपियाँसम्म गर्न पाउने व्यवस्था गरिएको छ ।

राष्ट्र बैङ्कले वालेटमा ५० हजारभन्दा बढी मौज्दात राख्न नपाइने जनाएको छ । सो सीमाभन्दा बढी रहेको रकम अनिवार्य रूपमा ग्राहकले सम्बन्धित बैङ्क खातामा जम्मा हुने व्यवस्था मिलाउनुपर्ने छ । व्यक्तिले वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्र रकम जम्मा गर्नसक्ने पनि निर्देशिकाले स्पष्ट पारेको छ ।

आन्तरिक विप्रेषण एक लाखसम्म मात्र
निर्देशिकाअनुसार एजेन्ट वा सबएजेन्टले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा प्रतिव्यक्ति प्रतिकारोबार प्रतिदिन एक लाख रुपियाँसम्मको मात्र कारोबार गर्न पाउने सीमा तोकिदिएको छ ।

बैङ्क तथा वित्तीय संस्थाले ग्राहकको पूर्वअनुमतिबिना र सेवा शुल्कसम्बन्धी पूर्वजानकारी नगराई कुनै पनि सेवा शुल्क लिन पाउने छैनन् ।

पछिल्लो समय कतिपय बैङ्कले ग्राहकले माग नै नगरेको सेवाको पनि बिनाजानकारी सेवा शुल्क आफैँ ग्राहकको खाताबाट कटाउँदै आएको गुनासो बढेको थियो ।

एउटा बैङ्क तथा वित्तीय संस्थाले जारी गरेको एटीएम कार्ड स्वदेशभित्रै अर्को बैङ्क तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा मासिक न्यूनतम दुई कारोबारसम्म निःशुल्क र दुई भन्दा बढी कारोबारको हकमा बैङ्क तथा वित्तीय संस्थाले प्रतिकारोबार बढीमा २० रुपियाँसम्म शुल्क लिन पाउने उल्लेख छ तर डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसल लगायतका मर्चेन्टबाट प्वाइन्ट अफ सेल र प्लाइन्ट अफ ट्रान्जेक्सनमार्फत गरिएको कारोबारमा भने कुनै अतिरिक्त शुल्क लाग्ने छैन ।

IME Lifesidebar
kumari