stcnepal long ad
global ime bank long

नेप्से ७१.४३ अंकले बढयो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भदौं २७ गते उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ७१.४३ अंकले बढेर २ हजार ९ सय ४७.४२ अंकमा पुगेको छ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक ‘सेन्सेटिभ इन्डेक्स’ १३.०३ बिन्दुले बढेर ५४८.२९ मा पुगेको छ । कूल २३१ कम्पनीको १ करोड ७१ लाख ३ सय ३३ कित्ता शेयर रु ९ अर्ब ४४ करोड ३५ हजार २ सय ४४ मूल्यमा खरिद–बिक्री भएको छ।

कारोबार भएका १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै ०.०५ बिन्दुले ओरालो लागेको छ। बैंकिङ २४.२, व्यापार ४२, होटल तथा पर्यटन ७७.४८, विकास बैंक २७२.५२, जलविद्युत २१३.५४, वित्त ११४.९७, निर्जीवन बीमा ४२४.७७, उत्पादन २९९.६९, अन्य १८.२२, लघुवित्त ११३.६५, जीवन बीमा २९७.७१ र लगानी २.३५ बिन्दुले उकालो लागेको नेप्सेले जनाएको छ।

कारोबारका आधारमा आज अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु. ७३ करोड ७७ लाख ८ हजार ६ सय ८५ बराबरको कारोबार भयो। युनाइटेड मोदी रु. ४५ करोड ११ लाख १७ हजार २ सय २९, अपि पावर कम्पनी रु. ३१ करोड ५१ लाख ६४ हजार २ सय ३६, नेशनल हाइड्रोपावर रु. २९ करोड ३४ लाख ७७ हजार २ सय २३ र माथिल्लो तामाकोशी जलविद्युत कम्पनी रु. २५ करोड ७२ लाख १३ हजार १ सय ७४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन्।

यसैगरि आज विभिन्न नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यसमा नेशनल हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी, फस्ट माइक्रोफाइनान्स, अपि पावर कम्पनी, अरुण काबेली पावर, छ्याङ्दी हाइड्रोपावर, पाँचथर पावर कम्पनी, लिवर्टी इनर्जी कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर १० प्रतिशतले वृद्धि भएको छ।

यस्तै सिटिजन म्युचुअल फण्ड ३.५८, रैराङ हाइड्रोपावर २.२४, एनआइसी एसिया ग्रोथ फण्ड २.०५, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १.९६, एनआइसी एसिया फण्डका लगानीकर्ताले १.९५ प्रतिशतले गुमाएका छन्। आजको कारोबारपछि बजार पूँजीकरण रु. ४१ खर्ब २४ अर्ब ८९ करोड ४६ लाख ४२ हजार ८५८ बराबर पुगेको छ।

IME Lifesidebar
kumari