मेडिकल काउन्सिलमा डा. ढकाल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रिक्त एक सदस्य पदमा डा. विक्रान्त ढकाललाई नियुक्त गरेको छ।

हिजो भदौं १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले मोरङका ढकाललाई काउन्सिलको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

काउन्सिलमा निर्वाचन, पदेन र सरकारले मनोनयन गरेर सदस्य आउने कानुनी व्यवस्था छ। निर्वाचनबाट ८ जना सदस्य आउने व्यवस्था छ।

काउन्सिलमा यसअघि २०७४ मा निर्वाचित कार्यकारीहरुको पदावधि २०७८ असोज ५ गते समाप्त रहेको छ । काउन्सिलको उपाध्यक्ष पदमा एकजना र सदस्य पदमा ८ जनाको लागि निर्वाचन गर्न डा. गणेश राईलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको छ।

काउन्सिलले डा. राईलाई प्रमुख निर्वाचन अधिकृत, डा। मधुसुदन पुन र डा। मनोज हुमागाईलाई निर्वाचन अधिकृत तोकेको छ। अब डा. राईको निर्वाचन समितिले काउन्सिलको उपाध्यक्ष र सदस्यहरुको निर्वाचनका लागि तयारी गर्नेछन्।

निर्वाचनमा उम्मेदवार हुनका लागि उपाध्यक्ष पदका लागि कम्तीमा १५ वर्ष र सदस्य पदका लागि कम्तिमा ५ वर्षको अनुभव प्राप्त दर्तावाल चिकित्सक हुनुपर्ने व्यवस्था छ । यसरी निर्वाचित उपाध्यक्ष तथा सदस्यको कार्यकाल ४ वर्षको हुने गर्दछ।

IME Lifesidebar
kumari