एनआइबीएल समृद्धि फन्ड–१ को नगद लाभांश खातामा जम्मा
काठमाडौं । एनआइबीएल समृद्धि फन्ड–१ ले आफ्ना इकाईधनीलाई भदौ ९ गते बुधबारबाट ३५ प्रतिशत नगद लाभांश बैंक खातामा पठाउन सुरु गरेको एनआइबीएल समृद्धि फन्ड जनाएको छ । फन्डले हालम्ममा डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको प्रतिफल खातामा पठाएको हो ।
यस्तै, फन्डले हालसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई खाता अद्यावधिक गराउन आग्रह गरेको छ ।
यसका लागि इकाईधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ ।
यसैगरी, हालसम्म हितग्राही खाता नखोलेका इकाईधनीले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने एनआइबीएल एस क्यापिटलले जनाएको छ ।






















