citizens life insurance long ad
stcnepal long ad

मेगा म्युचुअल फन्ड १ मा आवेदन दिने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मेगा म्युचुअल फन्ड १ मा आवेदन दिने आज भदौ १० गते बिहीबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् ।

भदौ ४ गतेदेखि यो म्युचुअल फन्ड बिक्री खुला भइरहेको छ । मेगा क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो ।

यसमध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५५ इकाई कोष प्रवद्र्धक मेगा बैंकलाई सुरक्षित गरिएको छ ।

बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला भएको हो । यस फन्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ ।

१० वर्ष अवधिको यस फन्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

यो एक बन्दमुखी योजना हो । मेगा क्यापिटल मेगा बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

IME Life
kumari