stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

तीन कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। शेयर बजारको आज यो साताको अन्तिम कारोबार दिन आज साउन २८ गते कारोबार सुरु भएको एक घण्टा नवित्दै तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।

रुरु जलविद्युत परियोजना, जीवन विकास लघुवित्त वित्तीय संस्था र यूनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सर्किट लागेको छ ।

आज रुरुको सेयर मूल्य ११२१ रूपैयाँ, जीवन विकास लघुवित्त वित्तीय संस्थाको मूल्य २०२० रूपैयाँ र यूनियन लाईफ इन्स्योरेन्सको सत्तरी रुपैयाँले बढेको छ ।

यो सँगै रुरुको प्रतिसेयर मूल्य १ हजार ३ सय ३१, जीवन विकासको २ हजार ४ सय २५ र यूनियन लाइफ इन्स्योरेन्सको ७ सय ७७ रुपैया पुगेको छ ।

यो दिन कारोबारको पहिलो घण्टामा नेप्से १२.४१ अंकले बढेर ३१७५.०१ को बिन्दूमा पुगेको छ । यस्तै यतिबेलासम्म २२१ कम्पनीको ७५ लाख ४८ हजार ९ कित्ता बराबर सेयर किनबेच हुँदा ४ अर्ब २७ करोड १५ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

prabhu mahalaxmi
kumari