stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

विद्युत महसुल घटाउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ पुनः कार्यकारी निर्देशकमा नियुक्त भएका छन। उनले पहिलो कार्यकालमा १८ घण्टे लोडसेडिङ घटाएर आफ्नो कुशल व्यवस्थापकीय क्षमता देखाए ।

यसले आम नेपालीलाई खुशी लागेको छ,जुन स्वाभाविक हो। उहाँलाई कार्यकालको शुभकामना सहित सफलताको कामना छ । विद्युत प्राधिकरणमा सुधार र जनताका पक्षमा गर्ने काम धेरै बाँकी छन् ।

बिजुलीको गार्हस्थ महसुल प्रतियुनिट रु. ८ हुनेगरि विद्युत नियमन आयोगमा महसुल प्रस्ताव गर्न र महसुल निर्धारण गर्न आवश्यक छ ।

यसो गर्न सके नेपालमा बर्षमा ९७ अर्ब बराबर खपत भएको खाना पकाउने एलपिजि ग्यास बिस्थापित हुनेछ । साथै नेपालमा रहेको संचित बिदेशी मुद्रा बिदेश जान रोकिनेछ। विद्युतको आन्तरिक उपभोक्ता खपत बढनेछ ।

यसैगरि विद्युत उत्पादक कम्पनी तथा तिनका आयोजना निर्माणमा प्रत्यक्ष सहभागी संचालकहरुले आयोजना लागत बढाउन हुदै नभएको, नहुने तथा अदृश्य खर्च देखाइ गरिरहेको अनुचित कार्यको नियन्त्रण गर्न , तिनै संचालकहरको बैंकसँग गरि आएको अनुचित गठबन्धन छानबिन गर्न, ति संचालकहरुले आयोजनाको नाउँमा लिएको रकम घरजग्गा आदिमा गरिरहेको लगानी छानबिन गर्न आवश्यक छ ।

नेपाल विद्युत प्राधिकरण ऐन २०४१ दफा २८ (१) बमोजिम ऐन लागु भएको २०४१ कार्तिक २१ देखि हालसम्म एकपटक पनि प्राधिकरणको साधारणसभा नभएकोले त्यो सभा गरिदिन तथा सभा गर्नको लागि त्यहीँ दफामा तोकिएको पुर्बशर्त पुरा गर्न आवश्यक छ ।

यसैगरि विद्युत उपभोक्ता सुरक्षा तथा क्षतिपूर्ति सम्बन्धि नियमावली तर्जुमा र कोष स्थापना गर्न आवश्यक छ।

prabhu mahalaxmi
kumari