stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनएमसिमा डा. बसरुद्धिन अन्सारीको भव्य स्वागत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल मेडिकल कलेज (एनएमसि) मा कलेजका नयाँ सञ्चालक सदस्य तथा म्यानेजिङ डाइरेक्टर डा.बसरुद्धिन अन्सारीलाई कलेजका स्वतन्त्र कर्मचारी युनियनमा आवद्ध कर्मचारीहरुले भब्यताका साथ स्वागत गरेका छन् ।

कलेजमा साउन २७ गते स्वागत कार्यक्रम आयोजना गर्दै नेपाल मेडिकल कलेज स्वतन्त्र कर्मचारी युनियनले कलेज सञ्चालक तथा नव नियुक्त म्यानेजिङ डाइरेक्टर डा.अन्सारीलाई स्वागत गरेका छन् ।

कलेजमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि कलेजका अध्यक्ष डा. भोला रिजालले नेपाल मेडिकल कलेजलाई नवनियुक्त सञ्चालक तथा म्यानेजिङ डाइरेक्टरले नयाँ उचाईमा पुर्याउने विस्वास व्यक्त गरेका थिए ।

डा. रिजालले भने ‘उहाँ विसौं वर्षदेखि मेडिकल शिक्षामा समर्पित हुनुहुन्छ, उहाँमा लगनशीलता, प्रतिबद्धता समेत छ, डा.बसरुद्धिन अन्सारीको आगमन र व्यवस्थापनले कलेजले मेडिकल शिक्षा र स्वास्थ्य सेवामा नयाँ फड्को मार्ने अपेक्षा गरेका छौं ।’

नेपाल मेडिकल कलेजको मेडिकल शिक्षा स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान रहेको बताउँदै डा। रिजालले २०५२ सालमा कलेज स्थापना गर्दैगर्दा आजको दिनमा नेपालकै ठूलो मेडिकल कलेजको रुपमा स्थापना हुन्छ भनेर विस्वासै गर्न नसकिएको बताएका थिए ।

काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा रहेका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र गुणस्तरीय मेडिकल शिक्षा प्रदान गर्न आज नेपाल मेडिकल कलेज सफल भएको बताए । उनले भने( ‘हामीलाई कोरोना महामारीले धेरै असर गर्यो ।

विरामीको उपचारमा, आन्तरिक व्यवस्थापनमा, कर्मचारी तलब व्यवस्थापनमा । तर, त्यत्ति हुँदाहुँदै पनि कलेजको पठनपाठनमा हामीले विश्वकिर्तिमान राखेका छौं । अब अस्पतालको गुणस्तरको लागि, शैक्षिक गुणस्तरको लागि डा. बसरुद्धिन अन्सारीलाई भित्र्याएका हौं ।’

वीरगञ्जको नेशनल मेडिकल कलेजलाई डा. अन्सारीकै नेतृत्वमा नेपालकै उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा स्थापित गरेकोले अब नेपाल मेडिकल कलेज (एनएमसि)लाई पनि त्यही उचाईमा पुर्याउनेमा विस्वास गर्नुपर्ने बताएका थिए ।

डा.रिजालले भने(‘कलेजलाई अगाडी बढाउनका लागि यहाँ आबद्ध सबै कर्मचारी, चिकित्सक, विद्यार्थी, फ्याकल्टीको योगदान हुनुपर्छ । अब यहाँ कलेजलाई विगार्ने, यहाँ आएका विरामीलाई दुखः दिने, ठग्नेहरुको अन्त्य हुनुपर्छ । यसका लागि हामी सबैले डा.अन्सारीजीलाई साथ र सहयोग गर्नुपर्छ ।’

स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त म्यानेजिङ डाइरेक्टर डा. अन्सारीले नेपाल मेडिकल कलेजलाई सुधार्न, नेपालकै नमूना शिक्षण संस्थाका रुपमा स्थापित गर्न आफु एक्लैको प्रयासले नहुँने बताउँदै यसमा कलेजमा आवद्ध सम्पूर्ण व्यक्तिहरुको उत्तिकै योगदान हुनुपर्ने बताएका थिए ।

उनले भने ‘नेपाल मेडिकल कलेजमा धेरै कुरा सुधार्न सकिन्छ, यसको शिक्षा, स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन ल्याउन सकिन्छ नै भनेर म आएको हुँ । यस अभियानमा तपाई शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी तथा फ्याकल्टी सबैको साथ र सहयोग मलाई चाहिन्छ ।’

नेपाल मेडिकल कलेजको व्यवस्थापन सुधार्न र विगतका कमीकमजोरीहरु कसरी सुधार्न सकिन्छ रु सबैले आ–आफ्नो ठाउँबाट सुझाव, सल्लाह दिनुपर्ने र सँगसँगै आ–आफ्नो काम कर्तव्य इमान्दारिताका साथ गर्नुपर्ने बताएका छन् ।

अब कलेजमा काम गर्नेलाई प्रोत्साहन गर्ने, पुरस्कृत गर्ने परम्परा थालनी हुने, स्वास्थ्य उपचारमा नयाँ(नयाँ टेक्नोलोजीहरु थप गर्ने तथा सर्वसुलभ रुपमा आम जनताले स्वास्थ्य सेवा पाउने उदघोष गरेका छन् । स्वास्थ्य सेवा तर्फ आगामी असोज भित्र जनरल र ओपिडीमा विशेष योजनाहरु ल्याउने, दक्ष जनशक्तिको व्यवस्थापन गर्ने डा.अन्सारीले बताएका छन् ।

कलेजका स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष किरण केसीले कलेजको आन्तरिक व्यवस्थापन सुधार्न र सेवाहरु चुस्त दुरुस्त गराउन कलेज प्रशासन र कर्मचारी युनियन सहकार्य गरेर अगाडी बढ्ने बताएका थिए ।

काठमाडौंका जनता माझ नेपाल मेडिकल कलेज (एनएमसि) स्वास्थ्य सेवाका लागि विश्वसनीय रहेको बताउँदै विगतमा नेपाल मेडिकल कलेजले स्थानीय तहका सर्वसाधारणलाई दिँदै आएको सेवा सुविधाहरु नियमित गरेर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् ।

साथै उनले कर्मचारीहरुले पनि आफ्नो दायित्व इमान्दारिताका साथ पालना गरेर जानु पर्ने तथा व्यवस्थापनले कर्मचारीहरुलाई नियमित सेवा सुविधा दिने, उनीहरुको वृत्ति विकासमा योगदान गर्ने, अविच्छिन्न काम गर्नेहरुलाई सुरक्षित भविष्यको ग्यारेण्टी गर्नुपर्ने माग गरेका छन्।
कार्यक्रममा कलेजका प्रिन्सिपल, विभागीय प्रमुख, कलेज सञ्चालक तथा फ्याकल्टी प्रमुख, नर्स, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

prabhu mahalaxmi
kumari