citizens life insurance long ad
stcnepal long ad

नेपाललाई विश्व स्वास्थ्य संगठनले अक्सिजन कन्सेनट्रे मेशिन सहित मेडिकल सामग्रीहरु प्रदान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। विश्व स्वास्थ्य संगठनले दुई हजार भन्दा बढी अक्सिजन कन्सेनट्रे मेशिन सहित अत्यावश्यक मेडिकल सामग्रीहरु नेपाललाई प्रदान गरेको छ । १८ लाख अमेरिकी डलर बराबरको ती सामग्रीहरु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भएको कार्यक्रममा विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यलयका प्रमुख डा. राजेश संभाजीराव पाण्डवले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको हो ।

दुई लाख ५० हजार एम्पल्स डेक्सामेथाजोन, दुई हजार अक्सिजन कन्सनट्रेटरहरु, २४ हजार वटा भेन्चुरी मास्क, ५ लाख अक्सिजन नसल क्यानुला, ६ लाख वटा मास्क र ५ लाख सर्जिकल ग्लब्स हस्तान्तरण गरिएको हो ।

IME Life
kumari