citizens life insurance long ad
stcnepal long ad

बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा नेपाल राष्ट्र बैंकले लगानी गर्ने

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ८० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा १८ करोड ९० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ६ करोड ३० लाख रुपैयाँ गरी कूल एक अर्ब २६ करोड रुपैयाँ लगानी गर्न लागेको बताए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक अर्ब २६ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम ३६६ दिनका लागि २०७८ साल भदौ १ गतेदेखि २०७९ साल भदौ १ गतेसम्म बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले साउन २७ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाई राष्ट्र बैंकमा निवेदन दिन भनेको छ ।

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ८० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा १८ करोड ९० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ६ करोड ३० लाख रुपैयाँ गरी कूल एक अर्ब २६ करोड रुपैयाँ लगानी गर्न लागेको बताएको छ ।

IME Life
kumari