stcnepal long ad
global ime bank long

पेचिलो बन्दै गभर्नरको दौड

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल मंगलबार, २७ फागुन २०७६

काठमाडौं । चैत ५ गते नयाँ गभर्नरले नेपाल राष्ट्र बैंकको कार्यभार सम्हाल्नु पर्ने थियो । तर त्यस्तो सम्भावना अहिलेका लागि करिब करिब टरिसकेको छ । प्रधानमन्त्री केपी ओली मृगौला प्रत्यारोपणपछि स्वास्थ्य लाभ गरिरहेका छन् । ओली अस्पतालबाट डिस्चार्ज भएर मन्त्रिपरिषद बैठक नबस्दासम्म गभर्नर छनौट समिति बन्न सक्दैन् । समिति गठन गर्ने वित्तिकै गभर्नर सिफारिस भैहाल्छ भन्ने पनि नहुन सक्छ । किनकी त्यस बिचमा आकांक्षीहरुको शक्ति केन्द्र दौडधुपले केहि प्रभाव पार्न सक्छ ।

यद्यपी, प्रधानमन्त्री र अर्थमन्त्री बीचको समन्वय हुँदा केहि क्षणमै गभर्नरका लागि ३ जनाको नाम सिफारिस हुन सक्छ । चैत ५ गतेदेखि गभर्नरको हट सिटमा आसिन हुने दौड भने थप पेचिलो बन्दै गएको छ । यस अघि, डेपुटी गभर्नरद्धय चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठ, पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका सिइओ महाप्रसाद अधिकारी, राष्ट्र बैंक सञ्चालक समिति सदस्य सुबोध कुमार कर्ण, पूर्व अर्थ सचिव राजन खनाल, पूर्व कार्यकारी निर्देशक तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मिन बहादुर श्रेष्ठलाई दावेदार मानिएको थियो । यीमध्ये शिवाकोटी, खनाल, अधिकारीलाई प्रवल दावेदार मानिएको थियो । त्यसमा श्रेष्ठलाई पनि अग्र पंक्ति मा राखिँदै आएको थियो ।

तर रात रहे अग्राख पलाउँछ भनेझै गभर्नर नियुक्तीको दिन नजिकिँदै गर्दा नयाँ नयाँ प्रतिष्पर्धीहरु थपिँदै गएका छन् । को को भित्रिए दौडमा यस बीचमा मुख्य सचिव लोक दर्शन रेग्मी पनि गभर्नरको दौडमा सामेल भएका छन् ।

उनी मात्रै होइन राष्ट्रिय बाणिज्य बैंकका सिइओ किरण कुमार श्रेष्ठ पनि दौडमा देखिएका छन् । रेग्मीले प्रधानमन्त्रीलाई नै कन्भिन्स गराउन सक्ने बताइन्छ । यद्यपी रेग्मीलाई बिष्णु पौडेलसंग जोडेर ओली क्याम्पले गभर्नर बन्न नदिने सम्भावना छ । उता, ओली पत्नि राधिका शाक्य र स्वकिय राजेश बज्राचार्यसँग राम्रो सम्बन्ध रहेका श्रेष्ठलाई प्रबल दावेदार मान्न थालिएको छ । झापाकै भएपनि शिवाकोटीलाई राधिका शाक्य र राजेश बज्राचार्यले नरुचाउने भएकाले किरण श्रेष्ठको सम्भावनालाई पनि नकार्न नसकिने बताइन्छ ।

शिवाकोटीले षडयन्त्र गरेर अर्का डेपुटी शिवराज श्रेष्ठलाई फसाएको भन्दै शाक्य र बज्राचार्य रुष्ट रहेको श्रोत बताउँछ । त्यसो त, अर्थमन्त्री डा. युवराज खतिवडाले डा. रामशरण खरेललाई गभर्नर सिफारिस गर्न सक्ने आँकलन पनि गर्न थालिएको छ । डा. खरेल यतिबेला नेपाल राष्ट्र बैंकमा निर्देशक छन् भने नागरिक लगानी कोषमा सञ्चालक छन् । कोषमा सञ्चालक बनाएर खरेललाई गभर्नर सिफारिस गर्न योग्यता पुर्याएको आरोेप लाग्न थालेको छ ।

यद्यपी अहिले नै खरेल गभर्नर बन्ने सम्भावना भने कम रहेको बताउनेहरुको संख्या पनि ठूलै छ । बालुवाटारमा कार्यक्रम गरेर आफ्नो किताब प्रधानमन्त्रीबाट सार्वजनिक गराएकाले चिन्तामणी शिवाकोटीलाई नै शसक्त दावेदार मान्नेहरुको संख्या पनि ठूलै छ ।

IME Lifesidebar
kumari