stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

देउवालाई जिताउन संस्थापन पक्षको छलफल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षका केन्द्रीय सदस्यले असार २६ गते १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गरेका छन् । नयाँ बानेश्वरको शान्तिनगरस्थित आनन्द इभेन्टमा संस्थापन पक्षका तेस्रो तहका नेताहरुबीच वर्तमान सभापति शेरबहादुर देउवालाई फेरि जिताउने विषयमा छलफल भएको छ।

नेता वीरबहादुर बलायरको अग्रसरतामा देउवा टीममा काठमाडौंमा रहेका केन्द्रीय सदस्य भेला भएका थिए । छलफलमा केन्द्रीय सदस्यहरु बालकृष्ण खाण, एनपी साउद, सुरेन्द्र पाण्डे, सीता गुरुङ, शंकर भण्डारी, चीनकाजी श्रेष्ठ, भीष्मराज आङ्देम्बे, महेश चौरासिया, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, डिला संग्रौला, पार्वती डिसी चौधरी, महेन्द्र यादव, अजय चौरासिया, किरण गिरी लगायत सहभागी भएका थिए ।

छलफलको सुरुमा बलायरले विषय प्रवेश गर्दै देउवालाई पुनस् एक कार्यकाल जिताउन सबै आ(आफ्नो ठाउँबाट सक्रिय भएर लाग्नुपर्ने आग्रह गरेका थिए । उनले छलफलमा ूहामी महाधिवेशनको संघारमा छौं । आपसी एकता नै हाम्रो तागत हो ।

पार्टीलाई पुरानो अवस्थामा पुर्याउने शेरबहादुर देउवाले फेरि सभापतिमा उठ्छु भन्नुभएको छ । उहाँलाई जिताउनु पर्छ । जिताउनका लागि हामी साथीहरु एकीकृत भएर आ(आफ्नो ठाउँबाट लाग्नुपर्छू भनेका थिए ।

यस्तै नेता खाणले पनि सभापति देउवालाई जिताउन जुट्नुपर्नेमा जोड दिएका थिए । उनले छलफलमा ‘विकसित वर्तमान राजनीतिक घटनाक्रमको शक्ति केन्द्रमा शेरबहादुर देउवा हुनुहुन्छ । उहाँलाई पार्टी सभापतिमा जिताउँदा हामी सबैका लागि सुखद नै हुन्छ ।’

सभापति देउवाले फेरि सभापतिमा दोहोरिन आन्तरिक तयारी अगाडि बढाइसकेका छन् । उनले सात प्रदेशकै केन्द्रीय पदाधिकारी र सदस्यसँग छलफल गरेर उम्मेदवारी घोषणा गरेका थिए । देउवा अगाडि बढेसँगै उनीनिकट नेताहरुले पनि छलफलमा अगाडि बढाएका छन् ।

यता संस्थापन इतरले पनि हिजो अनुपम फुडल्याण्डमा बैठक गरि जसरी पनि देउवालाई हराउने निर्णय गरेका थिए।

prabhu mahalaxmi
kumari