stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

होलीमा ट्राफिक ब्यवस्थापन कडा, अधिकांश चोक, गल्ली र सडकमा सुरक्षा जाँच

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल  सोमबार, २६ फागुन २०७६

काठमाडौं  ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटना रहित सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ काठमाडौं उपत्यकामा होली विशेष सुरक्षा योजना लागू गरेको छ । राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँच कडा पारिने भएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राख्ने, तिव्र गतिमा चलाउने, जिकज्याक वा लापरवाहीका साथ सवारी चलाउने, हेल्मेट नलगाई मोसा तथा स्कुटर चलाउने र  ठूलो आवाज निकालेर वा मोडिफाई गरी सवारी साधन चलाउनेलाई कारवाही गर्न विशेष जाँचको ब्यवस्था मिलाइएको जानकारी दिए ।

त्यस्तै गरि काठमाडौँ उपत्यकाको विभिन्न चोकहरूमा “सवारी तीव्र गतिमा नहाकौँ र मापसे गरी सवारी नचलाऔँ ।” भन्ने लेखिएका प्लेकार्ड बोकेका ट्राफिक प्रहरी समेत परिचालन हुनेछन ।

महाशाखाका प्रमुख ढकालले उपत्यकाका ७६ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानहरूले गस्ती तथा मोवाईल चेकिङ्ग गरिने बताए । उनले भने –“ मुख्यतयस् उपत्यकामा दुर्घटना कम गर्ने उद्देश्यका साथ नियमित बाहेक थप ट्राफिक प्रहरीहरू तथा मो।सा।मा समेत ट्राफिक प्रहरीहरू गरि जम्मा ५६६ जना ट्राफिक प्रहरी परिचालन गरिनेछ ।”

हेलमेट नलगाई दुईपाङ्ग्रे सवारी नचलाउन, ओभरलोड वा मोटरसाइकलमा दुई जनाभन्दा बढी मानिस राखेर यात्रा नगर्न, ठूलो हर्न नबजाउन, ठूलो आवाज निकालेर सवारी नचलाउन, जिकज्याक गरी नचलाउन, मोटरसाइकललाई मोडिफाई गरी सवारी साधन नचलाउनको लागि महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

prabhu mahalaxmi
kumari