stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज काँग्रेस पदाधिकारी बैठक बस्दै

पार्टी क्रियाशील सदस्यता विवादबारे नेतृत्व तहमा छलफल हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज नेपाली काँग्रेसले पदाधिकारी बैठक डाकिएको छ । पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न  दिउँसो २ बजे नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

यस्तैे पार्टी क्रियाशील सदस्यता विवादबारे नेतृत्व तहमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । क्रियाशील छानविन समितिका अनुसार प्रदेश दुईका बारा र सप्तरीका आठ वटै निर्वाचन क्षेत्रले क्रियाशील सदस्यता इन्ट्री नै भएको छैन भने धनुषाको एउटा निर्वाचन क्षेत्रले सदस्यता सूची पठाए पनि नाम विवादका कारण सार्वजनिक गरेको छैन ।

बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रमा सदस्यता वितरण र नवीकरणको काम भइरहेको छ भने काभ्रेको एउटा निर्वाचन क्षेत्रको नाम पनि सार्वजनिक गरिएको छैन ।

बर्दिया, प्यूठान, पूर्वी रुकुम र डडेल्धुराको नाम पनि सार्वजनिक गरिएको छैन । छानबिन समितिले क्रियाशील सदस्यता इन्ट्री गर्न बाँकी निर्वाचन क्षेत्रलाई असार १२ गतेसम्मको समय दिएको थियो ।

यो समय हिजै सकिएको छ । क्रियाशील सदस्यता काम समयमा सम्पन्न गर्न नसकिँदा भदौ १६ र १९ गतेका लागि निर्धारण गरेको महाधिवेशन पनि सम्पन्न गर्न सकिन्छ सकिँदैन भन्नेमा काँग्रेसभित्र चिन्ता व्यक्त गर्न थालिएको छ ।

prabhu mahalaxmi
kumari