stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एचआइभी पीडित तथा अनाथको केएमसी अस्पतालले निःशुल्क उपचार गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । एचआइभी पीडित, अनाथ बालबालिका तथा यौनकर्मीको काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालले निःशुल्क उपचार गर्ने भएको छ। घरेलु महिला हिंसा, यौन हिंसा, मानव बेचविखन, बाल श्रम तथा महिला हक अधिकारका विषयमा लामो समयदेखि काम गर्दै आइरहेको माइती नेपाल र केएमसीबीच आज निःशुल्क उपचार सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

केएमसीले माइती नेपालको सिफारिसमा आउने यौनकर्मी, एचआइभी पीडित तथा अनाथ बालबालिकाहरुलाई निःशुल्क उपचार गर्ने जनाइएको छ ।

केएमसीका कार्यकारी अध्यक्ष डा। सुनिल शर्माले केएमसीले अब माइती नेपालको सिफारिसमा यौनकर्मी, एचआइभीपीडित र अनाथहरुको निःशुल्क उपचार गर्ने बताए।

सम्झौताअनुसार केएमसीले वार्षिक ५० लाख रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्योपचार सेवा दिनेछ। जसमा औषधिबाहेक अस्पतालबाट प्राप्त हुने जुनसुकै प्रकारका सेवाहरु निःशुल्क हुने जनाइएको छ। सम्झौतापत्रमा केएमसीका तर्फबाट कार्यकारी अध्यक्ष डा. सुनिल शर्मा र सञ्चालक विजयकुमार पाण्डे तथा माइती नेपालका तर्फबाट अध्यक्ष अनुराधा कोइराला र कार्यकारी निर्देशक विश्वराम खड्काले हस्ताक्षर गरेका छन्।

prabhu mahalaxmi
kumari