citizens life insurance long ad
stcnepal long ad

निषेधाज्ञा अब्यवहारिक भएको भन्दै राष्ट्रिय ब्यापार संघको ध्यानाकर्षण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय ब्यापार संघ न्युरोड फसिकेबले जिल्ला प्रशासन कार्यालय काठमाडौंले असार ८ गते देखि लागू गर्न लागेको स्मार्ट निषेधाज्ञा ब्यवहारिक नभएको भन्दै  एक बिज्ञप्ती मार्फत सरकारको ध्यानाकर्षण गरेको छ ।
ब्यवसायी र ब्यापारीहरुका लागि निषेधाज्ञा अब्यवहारिक भएको भन्दै सरकारको ध्यानाकर्षण गरेको हो  ।समय सीमा लागू गरि बैकल्पिक दिनहरुमा पसल कवल खोली ब्यवसाय गर्ने सम्वन्धमा राष्ट्रिय ब्यापार संघले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दिइएको सुझाव प्रतिकुल निषेधाज्ञा जारी गरिएको भन्दै हप्ताको सबै दिन निर्वाध ब्यवसाय संचालन गर्ने वातावरण बनाउन बिज्ञपति मार्फत आव्हान गरिएको छ ।

ब्यवसायीहरु अब रोगले भन्दा भोकले मर्ने स्थिति सिर्जना भएको भन्दै ब्यवसायीहरुको प्रतिकुल हुने गरी लागू गरिएको निषेधाज्ञा अविलम्ब सच्याउन समेत माग गरिएको छ । राष्ट्रिय ब्यापार संघले आज सोमबार जारी गरेको बिज्ञप्तीमा सम्पुर्ण ब्यवसायीहरुलाई सिघ्र कोरोना विरुद्धको खोप ब्यवस्था गर्न जोडदार माग गरिएको छ ।

संघले असहज परिस्थितिमा आफ्ना सम्पुर्ण ब्यापार ब्यवसाय बन्द गरेर कोभिड रोग रोकथामका विरुद्ध सरकारलाई सहयोग गरेको भन्दै, सरकारले तोकेको स्वास्थ मापदण्डलाई पालना गरेर निर्वाध रुपमा ब्यवसायीहरुले ब्यापार ब्यवसाय गर्न पाउने वातावरण सिर्जना गरियोस भनी संघका महासचिव वैकुण्ठ दाहालद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा जनाइएको छ।

IME Life
kumari