stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

१६ डिआईजी र १५ एसएसपीको सरूवा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौ । नेपाल प्रहरीका १६ जना डिआईजी र १५ जना एसएसपीहरूको असार ७ गते सरूवा भएको छ । गृहमन्त्री खगराज अधिकारीले डिआईजी र एसएसपीको सरुवा गरेका हुन् ।

प्रदेश–१ प्रहरी कार्यालयमा डीआईजी अरुणकुमार बिसीलाई सरुवा गरिएको छ । प्रदेश–२ मा उमेश रञ्जितकार, बागमती प्रदेशमा प्रकाशजंग कार्की, गण्डकी प्रदेशमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा मुकुन्दराज आचार्य, कर्णालीमा गणेश ऐर र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पुरुषोत्तम कँडेलको सरुवा गरिएको छ ।

यस्तै महानगरीय कार्यालय रानीपोखरीमा उत्तमराज सुवेदी,अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा वसन्तकुमार पन्त, केन्द्रिय अनुसन्धान ब्यूरोमा धीरजप्रताप सिंहलाई र डीआईजी घनश्याम अर्याललाई विशेष ब्यूरोमा सरुवा गरिएको छ ।

यसै गरि १५ एसएसपीको पनि प्रदेश प्रहरी कार्यालय,तालिम केन्द्र,अपराध  महाशाखा,निर्देशनालयमा सरूवा भएको छ।

himalayan life insurance
igi long