stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

महिला सशिक्तकरणमा कोका–कोला नेपालको सम्माननियकदम

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल शनिबार, २४ फागुन २०७६

काठमाडौं । जब तपाईं एक महिलालाई सशक्तिकरण गर्नुहुन्छ तब तपाईंले राष्ट्रलाई सशक्तिकरण गर्नुहुन्छ, यो कोका–कोला कम्पनीको अभिव्यक्ति हो । महिलाहरुले आर्थिक सम्भावित क्षमता राख्नु संसारको साझा सफलतामा बराबरको योगदान कर्ता हो भन्ने कम्पनीको विश्वास छ ।

कोका–कोला कम्पनी कार्यक्षेत्रमा र यसको सबै दृष्टिकोणबाट महिला सशक्तिकरणमा केन्द्रित रहेको छ । यसलाई कार्यमा लागू गर्दै बोटलर्स नेपाल लिमिटेड (कोका–कोला कम्पनीको अधिकृत बोटलर्स) ले आफ्नो ग्लोबल पहल ५ बाइ २० को हिस्साको रुपमा शप्कीपर ट्रेनिगं एण्ड रिसोर्स “स्टार”कार्यक्रम संचालन गर्दै आएको छ ,जसको उद्देश्य सन् २०२० सम्म ५० लाख महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउनु हो ।
यस कार्यक्रमको उद्देश्य नेपाली खुद्रा विक्रेताहरुलाई खुद्रा व्यवसायको ४ मुख्य क्षेत्रमाः पसल व्यवस्थापन, स्टक व्यवस्थापन, ग्राहक व्यवस्थापन र वित्त व्यवस्थापनमा केन्द्रित भएर नेपालको गतिशील खुद्रा परिवेशमा सफल हुन आवश्यक सीप, प्रविधि र उपकरणहरु प्रदान गर्नु हो ।

बोटलर्स नेपालको सार्वजनिक मामिला संचार र स्थिरता टिम तथा सेल्स टिम बीचको संयुक्त सहकार्यले आजका मिति सम्म १५ शहर र नेपालका धेरै साना शहरहरुमा यो कार्यक्रम मार्फत ५००० भन्दा बढि महिला खुद्रा विक्रेताहरुलाई प्रशिक्षण दिइसकेको छ ।
“हामीले नेपालमा अधिकांश खुद्रा विक्रेताहरु महिला रहेको बुझेका छौं र विशेष गरी ग्रामीण क्षेत्रका यी महिलाहरुमा आधारभूत खुद्रा विक्रेता र व्यवसायिक सीपको अभाव छ ।

५ बाइ २० कार्यक्रम मार्फत हामीले खुद्रा विक्रेताहरुले आफ्नो जीवनमा सामना गरिरहेका अवरोधहरु हटाउन सहयोग र समर्थन गर्ने लक्ष्य राखेका छौं । कम्पनीले निरन्तर आफ्नो भ्यालु चेनमा महिला प्रगतिलाई प्रत्सोहान गर्दछ, बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भन्नुभयो ।”
“५० लाख महिलाहरुलाई सशक्त बनाउने हाम्रो विश्वव्यापी लक्ष्यमा नेपालले गरेको प्रगति देखेर हामी अचम्ति छौं । हामी यस पहलको हिस्सा बन्न पाउँदा निकै खुशी छौं,

जसले महिलाहरु र समुदायको जीवन परिवर्तन गर्न विश्वव्यापी मुद्दाहरुमा गहिरो र दिगो प्रभाव पार्दै सहयोग पु¥याइ रहेको छ, कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भन्नुभयो ।”
५ बाइ २० कार्यक्रममा हालै सहभागी भएकी रामपुरकी खुद्रा विक्रेता मिना तामाङले भनिन्, “१७वर्ष पहिला मैले आफ्नो परिवार चलाउनका लागि पसल शुरु गरेको हो ।

मैले आफ्नो सम्पूर्ण लगन र स्रोतहरु पसललाई लाभदायक बनाउँन लगाए । यद्यपी कहिले काहि मैले आफ्नो व्यवसाय वृद्धि गर्न सहि चीजहरु गरिरहेको छैन जस्तो लागि रहन्थ्यो । भाग्यवस, कोका–कोला टिमले मलाई उनीहरुको स्टार कार्यक्रममा सहभागी हुन प्रस्ताव गर्यो र त्यस बेलादेखि मैले राम्रो गर्न हौसला पाएको महशुस गरे ।

उक्त प्रशिक्षण प्रेरणादायक थियो र त्यसले मलाई मेरो शक्ति र कमजोरी दुवै पहिचान गर्न मद्दत गर्यो । अन्य महिला खुद्रा विक्रेताहरुलाई भेटेर उनीहरुको अनुभवबाट सिक्न पाउनु मेरो लागि प्रेरणादायक रहयो । मलाई यस अवसर प्रदान गरेकोमा कोका–कोलालाई आभार प्रकट गर्दछु ।”

prabhu mahalaxmi
kumari