citizens life insurance long ad
stcnepal long ad

एनएलजी इन्स्योरेन्सले १० प्रतिशत बोनस शेयर घोषणा, चुक्ता पूँजी एक अर्ब २० करोड रुपैयाँ पुग्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट एनएलजी इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिले एनएफआरएस अनुसार तयार भएको वित्तीय विवरण पारित गर्दै स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको छ ।

बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन २०६६ अनुसार कम्पनीको मुनाफा २६ करोड ५५ लाख रुपैयाँ रहेको छ । तर एनएफआरएस अनुसार तयार पारिएको वित्तीय विवरण अनुसार भने २५ करोड ९४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

एनएफआरएस अनुसार वित्तीय विवरण तयार गर्दा नियामकीय प्रावधान अनुसार जगेडा तथा व्यवस्थाहरु कायम गर्नु पर्ने भएकोले सो अनुसार कायम गरी आर्थिक वर्ष २०७६/०७७ को संचित मुनाफा ११ करोड ९५ लाख रुपैयाँ रहन आएको हुँदा आर्थिक वर्ष २०७६/०७७ को लागि बीमा समितिको स्वीकृति प्राप्त भए अनुसार हुने गरी उक्त लाभांस प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित १० प्रतिशत बोनस शेयर वितरण पछि भने एक अर्ब २० करोड रुपैयाँ पुग्ने छ ।

 

IME Life
kumari