citizens life insurance long ad
stcnepal long ad

राष्ट्रपति कार्यालयद्वारा प्रधानमन्त्रीका लागि दाबी पेस नभएको जानकारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । राष्ट्रपति कार्यालयले नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि आफ्नो दाबी पेस गर्न आह्वान भएकोमा उक्त समयावधि भित्र कसैको पनि दाबी पेस हुन नआएको जनाएको छ ।

आज बिहीबार साँझ ९ बजेर २१ मिनेटमा एक सूचना जारी गर्दै कार्यालयले भनेको छ ‘सम्माननीय राष्ट्रपति  विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई मिति २०७८/१/३० गते बिहीबारका दिन साँझको ९:०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि आफ्नो दाबी पेस गर्न आह्वान भएकोमा उक्त समयावधि भित्र कसैको पनि दाबी पेस हुन नआएको ब्यहोरा अनुरोध छ ।’

 

IME Life
kumari