stcnepal long ad
global ime bank long

देशभरिको तापक्रम वृद्धि, पहाडका केही भूभागमा क्षणिक वर्षाको सम्भावना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । देशभर अधिकतम र न्यूनतम तापक्रम बढ्न थालेको छ ।गर्मी बढ्ने र त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित असरबाट बच्न मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ३० डिग्री सेल्सियस र अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस रहने भएको छ । हिजो न्यूनतम १४ र अधिकतम ३१ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।

यस्तै आज पहाडका थोरै ठाउँमा दिउँसोपछि मेघगर्जन, हावाहुरी र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । अहिले प्रदेश–१, प्रदेश–२ लगायत पहाडी क्षेत्रमा आंशिक बद्ली रहेको छ ।

बाँकी भूभागमा भने मौसम सफा रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । अहिले देशको पूर्वी क्षेत्रमा न्यूनचापीय रेखाको प्रभाव रहेको छ ।

IME Lifesidebar
kumari