stcnepal long ad
global ime bank long

आइएमई जनरलका प्रमुख कार्यकारी अधिकृत योगेशभक्त बादे श्रेष्ठको वार्षिक तलब भत्ता ६८ लाख ३९ हजार 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत योगेशभक्त बादे श्रेष्ठले वार्षिक ६८ लाख ३९ हजार ११३ रुपैयाँ पारिश्रमिक, भत्ता तथा अन्य सुविधा प्राप्त गरेका छन् ।

यस मध्ये तलब तथा अन्य सुविधा बापत ६२ लाख ९९ हजार रुपैयाँ बुझेका छन् भने नियम अनुसार कर्मचार बोनस बापत ५ लाख ३९ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

कर्मचारी बोनस रकम गत आर्थिक वर्ष २०७६/०७७ मा घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा कर्मचारी बोनस बापत १७ लाख ३८ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

बोनस घटे पनि समग्रमा उनको तलब भत्ता तथा बोनस बापतको रकम भने बढेको छ । अघिल्लो आर्थिक वर्षमा श्रेष्ठको ५१ लाख ९८ हजार मात्रै थियो । यस वर्षको उनको तलब भत्ता बढेको छ ।

त्यस्तै उच्च व्यवस्थापनमा रहेका कर्मचारीको तलब भत्ता तथा अन्य सुविधा पनि बढेको छ । उच्च व्यवस्थापनले गत आर्थिक वर्षमा एक करोड २० लाख रुपैयाँ बुझेका छन् । अघिल्लो वर्ष उनिहरुले ९८ लाख २९ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

आइएमई जनरलको गत आर्थिक वर्षमा कर्मचारीहरुका लागि १७ करोड ६५ लाख रुपैयाँ खर्च भएको छ । सबैभन्दा धेरै तलब बापत ६ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ ।

कर्मचारीले नियम अनुसार नाफाबाट २ करोड ९७ लाख रुपैयाँ बोनस प्राप्त गरेका छन् । कर्मचारीले तलबको ५० प्रतिशत जति बोनस रकम नै प्राप्त गरेका छन् । यस बाहेक विभिन्न सेवा सुविधा प्राप्त गरेका छन् ।

कर्मचारी सँग सञ्चालक समितिका अध्यक्ष तथा संचालकहरुले पनि बैठक भत्ता र अन्य सुविधा बापत २३ लाख ४९ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

कम्पनीले कर्मचारी सञ्चालकका साथै शेयरधनीहरुले पनि चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर प्राप्त गर्दैछन् । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ८ करोड रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट ७ करोड ७५ लाख ५० हजार रुपैयाँको बोनस शेयर तथा बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ३९ लाख ८६ हजार रुपैयाँ नगद लाभांस प्राप्त गर्छन् । बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब १५ करोड रुपैयाँ पुग्ने छ ।

IME Lifesidebar
kumari