stcnepal long ad
global ime bank long

“सफा हिमाल अभियान २०२१” को टोलीहरु आधार शिविरमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लम गरी ६ वटा हिमालहरुको सफाई गर्ने उद्देश्यका साथ नेपाली सेनाको समन्वयमा संचालित “सफा हिमाल अभियान २०२१” मा खटिएका नेपाली सेना तथा सेवा प्रदायकका ४ वटै टोलीहरु योजनानुसार २०७८ वैशाख ९ गते आ–आफ्नो आधार शिविर (Base Camp) मा पुगेका छन् ।

आधार शिविरमा पुगेका टोलीहरुले आफ्नो बन्दोबस्ती तथा मिलापको व्यवस्था गरे पश्चाात स्थानीय संस्कार अनुसारको पुजा–आजा सम्पन्न गरेका छन् । प्रायस् सबैजसो आधार शिविरहरुमा भारी हिमपात भइरहेकोले मौसम अनुकुल रहेको खण्डमा योजनानुसार भोलि मिति २०७८ वैशाख ११ गते देखि नै फोहोर संकलन गर्ने कार्य शुरु गरिनेछ ।

हिमाल सफाई जस्तो पवित्र कार्यमा खटिएका टोलीहरुले स्थानीय सरकार, सम्बद्ध तथा सरोकारवाला संघसंस्थाहरु एवं स्थानीयवासिहरुसँग आवश्यक समन्वय तथा सहकार्यमा २०७८ जेष्ठ १० गतेसम्म फोहोर संकलनमा सक्रिय रहने छन् ।

The Coca-Cola Company, Unilever Nepal Pvt. Ltd, ICIMOD, WWF Nepal, Polymet SA Pte Ltd, The Nepal Distilleries,  PlastNepal Foundation हरु आर्थिक साझेदार तथा Peak Promotion Company सेवा प्रदायक रहेको छ भने उक्त अभियानमा Yeti Airlines, Himalayan Climate Initiative, Avni Centre for Sustainability, Avni Ventures का साथै नेपाल पर्वतारोहण संघ, हिमालयन उद्धार संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति, अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना, Expedition Operators Associations कार्यान्वयन साझेदारको रुपमा रहेको समेत जानकारी गराइन्छ ।

IME Lifesidebar
kumari