stcnepal long ad
global ime bank long

सरकारलाई समर्थन रहेको जानकारी दिने अधिकार अध्यक्ष दाहाललाई

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं– नेकपा माओवादी केन्द्रले सरकारलाई समर्थन रहेको जानकारी दिने निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटीको बैठकले सरकारलाई दिएको समर्थनबारे औपचारिक जानकारी दिने निर्णय गर्ने अधिकार दाहाललाई दिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिनेरनलिने बहस भइरहेकाबेला माओवादीले यो निर्णय लिएको हो । ‘अब कहिले समर्थन रहेको जानकारी गराउनुहुन्छ अध्यक्षलाई नै जिम्मा दिएका छौं,’ उहाँले भन्नुभयो ।

बैठकले पार्टी तथा भ्रातृ संगठनको पुनर्संरचना गर्ने, पार्टीलाई कोभिडविरुद्ध जागरण अभियान सञ्चालन गर्न केन्द्रत गर्ने निर्णय गरेको श्रेष्ठले बताउनुभयो ।

IME Lifesidebar
kumari