stcnepal long ad
global ime bank long

नेपाल इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुको बैंक खातामा जम्मा ग¥यो नगद लाभांश

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत २७ गते पारित गरेको कर सहित २ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले चैत २६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुको बैक खातामानै नगद लाभांश जम्मा गरेको जानकारी दिएको हो ।

उक्त अवधिपश्चात बैंक खाता अद्यावधिक गराउँनेहरुको हकमा पनि नगद लाभांश बैंक खातामै जम्मा गरिने जानकारी समेत कम्पनीले गराएको छ । यसर्थ हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई यथासिघ्र गराई आफ्नो लाभांश सुरक्षित गर्न कम्पनीले आग्रह गरेको छ ।

चैत २६ गतेसम्म आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्दा बैंक खाताको विवरण हुवहु नभई नगद लाभांश प्राप्त नगर्ने सदस्यहरुलाई कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलमा सम्पर्क राख्ने समेत कम्पनीले अनुरोध गरेको छ ।

साथै शेयर धितो बन्धक राखी कर्जा लिएकाहरुले नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अबजेक्सन लेटर प्राप्त भए पश्चात मात्र र कर्जा चुक्ता भएकाको हकमा फुकुवा पत्र प्राप्त भएपछि मात्र नगद लाभांश जम्मा गरिने समेत कम्पनीले प्रष्ट पारेको छ ।

IME Lifesidebar
kumari