stcnepal long ad
global ime bank long

बैंकहरुलाई वर्क फ्रम होम तथा सिफ्ट वेसिसमा सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कोभिड १९ को संक्रमण बढ्दै गए पछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सतर्कता अपनाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले पुर्ण सजगताका साथ कारोबार सुचारु गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई अनुरोध गरेको छ ।

कर्मचारीहरुमा हुन सक्ने संक्रमण तथा संस्थाको व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दै संक्रमणको जोखिम न्यून हुने गरी सेवा प्रवाह गर्ने ।

कर्मचारीहरुलाई समूहमा विभाजन गरी समूह समूहबीच प्रत्यक्ष सम्पुर्क नहुने गरी काम गर्ने वातावरण निर्माण गर्न राष्ट्र बैंकले सुझाएको छ । यसका लागि आवस्यकताका आधारमा रिमोट एक्सेस, वर्क फ्रम होम, सिफ्टवाइज वर्क लगायतका उपायहरु अबलम्बन गर्न राष्ट्र बैंकको निर्देशन छ ।

कर्मचारीहरुमा संक्रमण भएको शंका लागेमा अविलम्ब परीक्षण गर्ने व्यवस्था गर्ने र संक्रमण देखिएका कर्मचारीलाई आइसोलेसन गर्ने तथा कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई क्वारिन्टाइन गर्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थालाई कोभिड १९ सम्बन्धी समस्याको सहजीकरण र सम्पुर्कका लागि कोभिड १९ सुरक्षा व्यवस्थापन समूह गठन गर्न निर्देशन दिइएकोमा सो समुहलाई सक्रिय रुपमा परिचालन गर्न पनि राष्ट्र बैंकले थप निर्देशन दिएको हो ।

सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्ने । साथै सेवाग्राहीको आवत जावत सकेसम्म कम हुने गरी बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवाहरु यथासम्भव विद्युतीय माध्यमबाट गर्न गराउन प्रोत्साहन गर्ने ।

बैंक तथा वित्तीय संस्थाद्धारा संचालित एटिएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनिकरण गर्न ढोका खुला राखी स्यानिटाइजर एवं टिस्यु पेपरको व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाबाट संचालन गरिने बैठक गोष्ठी सेमिनार तालिम जस्ता कार्यक्रमहरुमा भौतिक दूरी सुनिश्चित गर्ने तथा सम्भव भएसम्म यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

IME Lifesidebar
kumari