stcnepal long ad
global ime bank long

नेपाल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा एयरपोर्ट होटेल, सिनामङ्गल, काठमाडौंमा सम्पन्न भएको हो । सभा जनस्वास्थ्यको मापदण्ड अनुसार भौतिक दूरी कायम गरी र भर्चुअल माध्यम मार्फत सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी २ प्रतिशत नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

त्यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा २०७६र०७७ को वार्षिक प्रतिवेदन, कम्पनीको आर्थिक वर्ष २०७६र०७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित भएको छ ।

सभामा कम्पनीको आर्थिक वर्ष २०७७ /०७८ को लेखापरिक्षण गर्नका लागि लेखा परिक्षण समितिको सिफारिस बमोजिम लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन भएको छ ।

 

IME Lifesidebar
kumari