citizens life insurance long ad
stcnepal long ad

नेपाल चलचित्र निर्देशक समाज र एनएलजी इन्स्योरेन्सबीच बीमा सेवा सम्बन्धी सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालका १ हजार भन्दा बढि चलचित्रका निर्देशकहरुले दुर्घटना बीमा सुविधा पाउने भएका छन् । चलचित्र क्षेत्रमा जोखिम बढ्ने क्रम बढ्दै गएपछि नेपाल चलचित्र निर्देशक समाज र एनएलजी इन्स्योरेन्सबीच बीमा सेवा सम्बन्धी उक्त सम्झौता भएको हो ।

उक्त सामूहिक दुघर्टना सम्बन्धी सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्स कम्पनीका कर्पोरेट बिजनेश हेड अन्जन ढकाल र नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणाले हस्ताक्षर गरेका हुन् ।

सम्झैता गरेसँगै नेपाल चलचित्र निर्देशक समाजको नेतृत्वमा सो संस्थामा आबद्ध सबै निर्देशकहरुलाई दुर्घटना बीमा सुविधा पाउने भएका छन्।

सम्झौता अनुसार नेपाल चलचित्र निर्देशक समाजमा आबद्ध निर्देशकहरुले ७ लाख रुपैयाँ सम्मको सामूहिक रुपमा दुर्घटना बीमा सुविधा पाउने छन् ।

चलचित्र निर्देशकहरु सुटिङको दौरानमा दैनिक जसो विभिन्न यात्राहरु गर्नुपर्ने हुँदा सात लाख रुपैयाँसम्मको दुर्घटना बीमा गर्न सम्झौता गरिएको चलचित्र निर्देशक समाजले जनाएको छ ।

नेपाली चलचित्र क्षेत्रका निर्देशकहरुसँगको सहकार्यले बीमा सम्बन्धी जनचेतना अझै बृद्धि हुने एनएलजी इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

 

IME Life
kumari