प्रिमियर इन्सुरेन्सको चैत २३ गते साधारण सभा
काठमाडौं । प्रिमियर इन्सुरेन्स कम्पनीले सोमबार चैत २३ गते वार्षिक साधारण सभा गर्ने भएको छ । यसले सभामा करसहित ११.०५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
प्रिमियरले हाल कायम १ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ चुक्ता पुँजीको आधारमा यो नगद लाभांश प्रस्ताव गरेको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ११ देखि २३ गतेसम्म बुक क्लोज गरेको छ । चैत १० गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।























