citizens life insurance long ad
stcnepal long ad

डिम्याट खोल्नेको संख्या ३२ लाख ७२ हजार नाघ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पछिल्लो समय शेयर बजार र सार्वजनिक शेयर निष्कासन (आईपीओ) मा सर्वसाधारणको आकर्षण बढ्दो रहेको छ । पछिल्लो समय नेपाल पूर्वाधार बैंकको प्राथमिक शेयरको निष्कासनका बेलामा सर्वसाधरणको शेयर प्रति आकर्षण बढेसंगै डिम्याट खाता खोल्नेको संख्या पनि ह्वात्तै बढेको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार हालसम्म डिम्याट खाताको संख्या ३२ लाख ७२ हजार ७६४ पुगेको हो । गत साउन मसान्तसम्म डिम्याट खाताको संख्या १८ लाख ५ हजार ६०७ रहेको थियो । साउन महिना यता करिब १५ लाख हितग्राही खाता खोलिएको छ ।

IME Life
kumari