स्वावलम्बन लघुवित्तको साधारण सभा आज
काठमाडौं । स्वावलम्बन लघुवित्तको साधारण सभा आज चैत ११ गते बस्दैछ । सभा अम्रपासी, ब्याङ्केट, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले गत वर्षको नाफाबाट १९% बोनस सेयर र कर प्रयोजनको लागि १% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । बोनस सेयर वितरणपछि संस्थाको चुक्ता पुँजी ९४ करोड ३० लाख रुपैयाँ पुग्नेछ ।
यसै अनुसार अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गरी सोही बमोजिम प्रवन्धपत्र तथा नियमावली संशोधन हुनेछ । यता, अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनको लागि संस्थाले फागुन २८ गतेदेखि आजसम्म बुक क्लोज गर्दैछ । तसर्थ, फागुन २७ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।























