पत्रकारलाई चुनावी रन्को
काठमाडौ । स्थापनाको ७० वर्ष पुग्न लागेको र करिव १४ हजार सदस्य रहेको नेपाल पत्रकार महासंघको निर्वाचन यही चैत २५ गते देशभरि हुने भएको छ ।
महासंघको संशोधित विधान अनुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ । चैत ७ गते सबै तहको निर्वाचन कार्यतालिका,८ गते मतदाता नामावली महासंघले प्रकाशन गरिसकेको छ । निर्वाचनको मिति तय भएसँगै वरिष्ठ पत्रकार कपिल काफ्लेको संयोजकत्वमा गठित निर्वाचन समितिले काम अघि बढाएको छ ।
निर्वाचन समितिका अन्य सदस्यहरूमा अधिवक्ता अरुण पौडेल, कपिलचन्द्र पोखरेल, कृष्णमाया भुसाल, हरेन्द्र राई र देवेन्द्र झा तथा सदस्य सचिवमा भक्तिराम घिमिरे रहेका छन् ।
महासंघमा नेकपा एमाले समर्थक पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल, नेपाली कांग्रेस समर्थक पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनू र नेकपा माओवादी केन्द्र समर्थक पत्रकारहरुको संगठन प्रेस सेन्टरूका पत्रकारहरु बीच कडा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।
यस अघि माउ पार्टी नेकपा माओवादी केन्द्र र नेकपा एमालेको एकता पश्चात प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भएको थियो। सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाका कारण दुई पार्टी अलग भएका थिए । त्यहि अनुरुप नै दुई संगठन अलग भएका हुन् ।
पत्रकार महासंघको निर्वाचनमा पनि पार्टी राजनीतिमा जस्तै कसरी, कुन–कुन संगठनबीच कार्यगत एकता हुने हो रु हेर्न बाँकी छ। नेकपा एमाले निकट प्रेस चौतारी नेपाललाई एकल्याउदै अन्य पत्रकार संगठन वीच चुनावी गठबन्धन बनाउन खोज्दैछन।
तर पनि पत्रकार संगठन वीच गठबन्धनको अझै एकिन हुन सकिरहेको छैन । यस अघि प्रेस सेन्टरका संयोजकमा महेश्वर दाहाल र सहसंयोजकमा गणेश बस्नेत तोकिएका थिए । तर, नेकपा एमालेभित्र देखिएको प्रधानमन्त्री केपी शर्मा ओलीको समूह र अर्का नेता माधव नेपालबीच देखिएको विवादका कारण पत्रकारहरुको संगठन समेत छिन्नभिन्न अवस्थामा पुगेको छ ।
एक वर्ष अघि नै निर्वाचन हुनुपर्ने नेपाल पत्रकार महासंघको निर्वाचन कोरोना भाइरस नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण ढिलाई हुन पुगेको थियो । यस अघिको निर्वाचनमा प्रेस युनियन र प्रेस सेन्टरबीच चुनावी गठबन्धन भएको थियो ।
गठबन्धन पछि महासंघको अध्यक्षमा प्रेस सेन्टरका तर्फबाट गोविन्द आचार्य र प्रेस युनियनका तर्फबाट महासचिव रमेश विष्ट, उपाध्यक्ष विपुल पोखरेल लगायतका पदहरुमा कार्यएकताका आधारमा मिलाइएको थियो । त्यसैकारण वरिष्ठ पत्रकार तिर्थ कोइराला प्रेस चौतारीको तर्फबाट उठे पनि पराजित भएका थिए ।
को को बन्दैछन् उम्मेदवार ?
पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा प्रेस युनियनका तर्फबाट रमेश विष्टको नाम पहिले देखि नै चर्चामा छ । त्यसैगरी युनियनका तर्फबाट वर्तमान उपाध्यक्ष बिपुल पोखरेल,किरण पोखरेल,बद्री सिक्देल,राम प्रसाद दाहाल, रामजी दाहालले पनि उम्मेदवार बन्ने आकांक्षा देखाएका छन ।
तर निर्णय भैसकेको छैन। प्रेस युनियनबाट चुनाव जित्न सक्ने बलियो उम्मेद्वार रमेश बिष्ट मात्र हुन। प्रेस चौतारी र प्रेस सेन्टरले अझै सम्म अध्यक्ष उम्मेदवार तोक्न सकेका छैनन् ।
प्रेस चौतारी माधव नेपाल पक्षबाट वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई उठाउन किशोर श्रेष्ठ,बिष्णु रिजाल लागेका छन । प्रेस चौतारी केपी शर्मा ओली पक्षले प्रेस युनियनका रमेश बिष्टलाई सघाउने र उपाध्यक्ष ,महासचिवमा दावी गर्ने चर्चा पनि छ । सचिवमा वरिष्ठ पत्रकार गोविन्द चौलागाई, कोषाध्यक्षमा भुपेन्द्र आचार्य, लेखनाथ न्यौपाने, केन्द्रीय सदस्यमा शन्तराम विडारी,ज्ञान प्रसाद पौडेल उठने चर्चा छ ।
उपत्यका प्रदेशमा वर्तमान महासचिव श्रीजन झा प्रेस युनियनबाट अध्यक्षमा उम्मेद्वार बन्दैछन । कोषाध्यक्षमा निरज रञ्जित उठने भएका छन । प्रेस सेन्टर र प्रेस चौतारीबाट को उठने तय भैसकेको छैन। हेमराज सिलवाल वा प्रकाश सिलवाल उठन सक्ने चर्चा छ।
काठमाडौंमा को–को छन् अध्यक्षका दावेदार ?
पत्रकार महासंघ काठमाडौं शाखाका वर्तमान अध्यक्ष शन्तराम बिडारी केन्द्रको पदाधिकारी वा सदस्यका लागि आकांक्षी छन् । उनले कोरोना महामारीमा पत्रकारहरुको लागि राहत वितरण देखि सहजिकरणका लागि उल्लेखनिय भूमिका निर्वाह गरेका थिए ।
कतिपयले बिडारीलाई नै पुनः अध्यक्ष बनाउनुपर्ने माग गरेका छन् । त्यसैगरी अध्यक्षमा हालका उपाध्यक्ष सूर्य सुबेदी , अर्जुन डोटेल, महिला उपाध्यक्ष सीता पोखरेल गौतम, सचिव मोहन पन्त, कोषाध्यक्ष राम चन्द्र बस्नेत, सदस्य पुष्कर बस्नेत पनि आकांक्षी देखिएका छन् । तर, अहिलेसम्म प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरमा कसलाई टिकट दिने होे प्रष्ट भएको छैन । सुर्य सुवेदीले प्रेस सेन्टरबाट उम्मेदवारी पाए उनले जित्ने देखिन्छ। सचिवमा अमिर लामा, सहसचिवमा हेमराज राना कमल, रमेश वोहरा,सदस्यमा रामेश्वर पराजुली उम्मेद्वार बन्न खोजेका छन।
महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक
महासंघको निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार २०७७ चैत्र ८ गते साँझ ५.१५ बजे मतदाता नामावली प्रकाशन, त्यसैगरी २०७७ चैत्र ८ गते देखि ९ गते १२.३० सम्म मतदाता नामावली दाबी बिरोध, २०७७ चैत्र ११ गते दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन, २०७७ साल चैत्र १२ गते १०.३० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारको मनोनयन, २०७७ साल चैत्र १२ गते साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, २०७७ साल चैत्र १३ गते बिहान १०.३० देखि दिउँसो ४ बजेसम्म उम्मेदवार उपरको दाबी बिरोध, २०७७ साल चैत्र १४ गते दिउँसो ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने, २०७७ चैत्र १४ गते उम्मेदवारले उम्मेदवारको अन्तिम नामावली प्रकाशन, २०७७ साल चैत्र २५ गते बिहान ९ बजे देखि बेलुकी ५ बजेसम्म मतदान, २०७७ चैत्र २५ गते मतदानका लागि तोकिएको समय समाप्त पश्चात मतगणना हुनेछ ।























