citizens life insurance long ad
stcnepal long ad

दोलखाको २३ वटै टावरबाट फोरजी सेवा

Nimb long ad
Prabhu Insurance Long Ad

दोलखा ।दोलखाको २३ वटै टावरबाट नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सेवा सञ्चालनमा ल्याइएको छ । जिल्लाको विभिन्न पालिकामा राखिएका २३ टावरमध्ये सबैबाट फोरजी सेवा विस्तार भएको टेलिकम दोलखाका प्रमुख राजु गिरीले जानकारी दिनुभयो ।

पछिल्लो एक हप्ताको अवधिमा मात्रै जिल्लाका ४ ठाउँमा फोरजी सेवा विस्तार गरिएको छ । गौरीशङ्कर गाउँपालिका वडा नम्बर ८ खारेको टावरबाट, सिँगटी, जिरी नगरपालिकाको श्यामा र शैलुङ गाउँपालिकाको ताम्चेत दूधपोखरीमा रहेको नेपाल टेलिकमको टावरबाट फोरजी सेवा विस्तार गरिएको हो । अब जिल्लाको सदरमुकाम चरिकोटसहित विभिन्न ठाउँबाट फोरजी चलाउन सकिनेछ ।

खारेमा रहेको नेपाल टेलिकमको टावरमार्फत फोरजी सेवा सुरु भएसंँगै गाउँपालिकाका चङ्खु, मार्बु, खारेलगायतका वडाहरुमा द्रुतगतिको मोबाइल इन्टरनेट सेवा पुगेको गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले जानकारी दिनुभयो ।

दोलखाको उत्तरी विकट क्षेत्र वेदिङ र वैत्यश्वर गाउँपालिका वडा नम्बर(५ मैनापोखरी क्षेत्रमा भने फोरजी सेवा सञ्चालनमा छैन । यी दुई ठाउँमध्ये मैनापोखरीमा फोरजी सेवा विस्तारका लागि प्रक्रिया सुरु भएको नेपाल टेलिकम दोलखाले जनाएको छ ।

नेपालमै पहिलोपटक २०७३ सालमा काठमाण्डौ र पोखराबाट फोरजी सेवा सुरु गरेको थियो । नेपाल टेलिकमको फोरजी सेवा पुगेका ठाउँमा थ्रीजी चलाइरहेकाले फोरजी सेवा निःशुल्क सुचारु गर्न सक्छन् । तर यसका लागि सिम चेक गर्नुपर्छ । सिमले फोरजी सपोर्ट गर्ने नगर्ने थाहा पाउनका लागि स्टार ४४४ ह्यास डायल गर्नुपर्छ । उषा तामाङ

IME Life
kumari