citizens life insurance long ad
stcnepal long ad

सिभिल लघुवित्तको नवौं वार्षिक साधारणसभा चैत ५ गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा डाकेको छ । लघुवित्तले नवौं वार्षिक साधारणसभा आगामी चैत ५ गते बिहीवारका लागि डाकेको हो ।

कम्पनी सञ्चालक समितिको बिहीवार बसेको बैठकले बोगनभिल्ला इभेन्टस, त्रिपुरेश्वरमा विहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । सभाले चुक्तापूँजीको ०.१८% प्रतिशत नगद लाभांश र ३.५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ भने आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

IME Life
kumari