नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ८% बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । समायोजन पछिको मूल्य १३६४ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिन बिहीबारको अन्तिम कारोबार मूल्य १४७३ रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।
कम्पनीले फागुन २२ गते बस्ने वार्षिक साधारणका लागि शुक्रबार फागुन ७ गते बुक क्लोज गरेको छ । जसअनुसार फागुन ६ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । नेरुडेले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लगानीकर्तालाई ८% बोनस सेयर र कर प्रयोजनको लागि ०।४२% नगद लाभांश वितरण गर्न लागेको हो ।























