डिम्याट खातामा मितेरीको बोनस सेयर आइपुग्यो
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १५% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । बैंकले गत पुस १३ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । पुस १३ पछि डिम्याट गर्नेहरुको बोनस पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ ।
तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने बैंकको भनाई छ । मितेरीको पुस २७ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट १५% बोनस सेयर कर प्रयोजनार्थ ०.७९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।


























